आहा ग्रिन बेल्ट !

आहा ग्रिन बेल्ट !

काठमाडौँ : कोटेश्वरदेखि कलङ्कीसम्मको रिङरोड क्षेत्र चीन सरकारले बनाउँदा त्यसमा हरियाली क्षेत्रलाई मुख्य प्राथमिकता दिएको थियो। कतै बिचमा त कतै छेउछाउ ठाउँ छाडे पनि निर्माण सकिएको लामो समयसम्म घाँसपात मात्रै रह्यो हरियालीको नाममा।

अहिले उसै त बर्खाको समय, हरियाली बढ्ने नै भए। चीनको सहयोगमा बनेको हरियाली निर्माण क्षेत्रमा रोपिएको बिरुवा अनि दुबोले सडक क्षेत्र हरियै बनेको छ।

एनसेल आजियाटा लिमिटेडले वन तथा भू–संरक्षण विभागसँगको सहकार्यमा कोटेश्वर देखि कलङ्कीसम्मको सडक खण्डमा हरियाली निमार्ण गरेसँगै २ वर्ष संरक्षणको जिम्मा समेत लिएको छ। त्यसमा ललितपुर महानगरपालिकाले पनि सघाइरहेको छ।

एनसेलले निजी र सार्वजनिक सहकार्य अन्तर्गत सो क्षेत्रको ल्यान्डस्केपिङ, हरियाली प्रवर्द्धन र सौन्दर्यीकरणको काम गरिरहेको छ।

१२ साउन, २०७९, १५:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।