'कात्तिक नाच' सिक्दै नयाँ पुस्ता

'कात्तिक नाच' सिक्दै नयाँ पुस्ता

काठमाडौंः हरियो पालले बेरेको टहरा। झमक्क साँझ परेपछि साना बालबालिकादेखि भर्खरका युवाहरू हःखा टोल नजिक रहेको गेटबाट हुरुरु भित्र पसे।

उनीहरू भित्र कात्तिक नाच सिक्न त्यहाँ पुगेका थिए। गुरु पूर्णिमाको अवसर पारेर कात्तिक नाच सिकाउन गुरु केशवकृष्ण श्रेष्ठ पनि सकिनसकी नाच सिकाइरहेको ठाउँमा आइपुगे।

धुपसँगै नाट्यश्वरीको पूजा गरेपछि कात्तिक नाचको रिहर्सल सुरु भयो। बाजा बजाउनेहरू सुकुल ओछ्याएर बसेका थिए। नाच्नेहरू हात-खुट्टाको पोजिसन मिलाएर तयार थिए।

अहिले पाटन दरबार क्षेत्रमा रहेको यस स्थानमा कात्तिक नाचको लागि युवा तथा नयाँ पुस्तालाई तयार गरिँदैछ। हरेक वर्ष कार्तिक कृष्णप्रतिपदादेखि कार्तिक शुक्ल पूर्णिमासम्म देखाइने यो नाच २७ दिनको हुने भए पनि हाल छोट्याएर १२ दिनमा झारिएको छ।

कात्तिक नाचको सुरुआत राजा सिद्धिनरसिंह मल्लको पालामा भएको बताइन्छ।

 

३० असार, २०७९, ०७:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।