भारत र नेपालमा एकै पटक सार्वजनिक भयो अल-न्यू स्कर्पियो-एन, कम्पनीले दाबी गर्‍यो यस्ता चार विशेषता

भारत र नेपालमा एकै पटक सार्वजनिक भयो अल-न्यू स्कर्पियो-एन, कम्पनीले दाबी गर्‍यो यस्ता चार विशेषता

काठमाडौँ : महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले नेपालमा बहु प्रतीक्षित एसयुभी, अल-न्यू स्कर्पियो-एन अनावरण गरेको छ। अल-न्यू स्कर्पियो एनलाई यसको प्रभावशाली उपस्थिति, हेड-टर्निङ डिजाइन, कमाण्डिङ ड्राइभिङ पोजिसन र राम्रोसँग सजावट गरिएको भित्री साजसज्जासहित पुनर्परिभाषित गरी डी-सेगमेन्ट एसयूभी श्रेणीमा डिजाइन गरिएको कम्पनीले बताएको छ।

अल-न्यू स्पर्पियो- एनको सुरुवातले महिन्द्राको नयाँ भिजिवल आइडेन्टीको अनावरणलाई सङ्केत गर्ने र कम्पनीको एसयभी पोर्टफोलियोलाई फरक ल्याउनका नयाँ लोगो राखिएको अनावरण कार्यक्रममा जानकारी दिइएको थियो।

ट्विन पिक' लोगोको विशेषता यसले साहसिक नयाँ दिशाको प्रतिनिधित्व गर्ने र यसलाई महिन्द्राले नयाँ युगका उत्पादनहरूबाट आरम्भ गरेको कम्पनीको भनाई छ।

इटालीको पिनिनफेरिना र महिन्द्रा इन्डिया डिजाइन स्टुडियो (एमआईडीएस), मुम्बईमा डिजाइन गरिएको र अमेरिकाको महिन्द्रा नर्थ अमेरिकन टेक्निकल सेन्टर एमत्रारभीर चेन्नईमा विशेषज्ञ टिमहरूद्वारा इन्जिनियरिङ गरिएको यो पुणेको अत्याधुनिक विश्वसनीय सुविधामा निर्मितःअल न्यु स्कपियों एन वैश्विक उत्पादन रहेको कम्पनीको दाबी छ।

घोषणा कार्यक्रममा एम एन्ड एम लिमिटेड, अटोमोटिभ डिभिजनका अध्यक्ष विजय नाकराले भारतसँगै दक्षिण अफ्रिका र नेपालमा अल न्यु स्कर्पियो एन एकैसाथ अनावरण गरेको बताउँदै यसमा आफूहरू खुसी रहेको बताए।

शुभारम्भमा बोल्दै अग्नि ग्रुपका प्रबन्ध निर्देशक मिनेट बेष्ठले मोटर्सले महिन्द्रासँगको आफ्नो सम्बन्धप्रति गौरवान्वित रहेको र स्कर्पियोको नयाँ अवतारका साथ ग्राहकहरूलाई खुसी पार्न तत्पर रहेको बताए।

'स्कर्पियो ब्रान्डले गत दुई दशकमा नेपालमा प्रतिष्ठित ब्रान्डको रूपमा आफूलाई स्थापित गरेको छ। यसले गर्व, सम्मान र उपस्थिति दर्साउँछ जसलाई हराउन गाह्रो छ,' उनले भने।

सन् १९४५ मा स्थापना गरिएको महिन्द्रा ग्रुप सय भन्दा बढी देशहरूमा २ लाख ५० हजार कर्मचारी भएका कम्पनीहरूको सबैभन्दा ठुलो बहुराष्ट्रिय महासङ्घ हो। यसको भारतमा कृषि उपकरण, उपयोगिता सवारी साधन, सूचना प्रविधि र वित्तीय सेवाहरूमा नेतृत्वदायी स्थान प्राप्त छ।

कम्पनीले सार्वजनिक गरेको द स्कर्पियो एनको चार विशेषता

रोमाञ्चक कार्यदक्षता

नयाँ युगको प्रामाणिक एसयूभी खोज्नेहरूका लागि नयाँ द स्कर्पियो एनलाई इन्जिनियरिङ गरिएको छ। नयाँ तेस्रो पीढीको बडी-अन-फ्रेम प्लेटफर्ममा निर्माण गरिएको द स्कर्पियो-एनले अग्रणी वर्ग (क्लास लिडिङ) संरचनात्मक कठोरता, अफ-रोड क्षमता र उदाहरणीय अन-रोड व्यवहारको गर्व गर्दछ।

द स्कपियो-एन एक, जसमा १४९१४ किलोवाट (२०० पीएस) शक्ति र ३५० एनएम टेक उत्पादन क्षमताको टीजीडीआई एमस्टालियन (पेट्रोल इन्जिनद्वारा सञ्चालित छ र १२८६ किलीबाट (१७५ पीएस) शक्ति र ४०० एनएम टकको एमहक (डीजल इन्जिनयुक्त पनि छ, दुवै म्यानुअल र अटोमेटिक ६ स्पिड ट्रान्समिसन र फोरव्हील ड्राइभ (४ X ४) विकल्पसहित छ।

छुटाउन नसकिने उपस्थिति

द स्कर्पियो-एन ले पौरुसत्व कारकलाई पुरै नयाँ तहमा अगाडि लैजान्छ। सिग्नेचर स्वील आर्चहरू पौडीबाज व्यक्तिको पुष्ट रूपरेखा सिन्यूल सिल्हूट बाट प्रेरणा लिँदै अझ बढी आकर्षक मांसपेशीयुक्त (मस्कुलर) बनाइएका छन्।

धातुको स्कर्पियो (बिच्छीको पुच्छरजस्तो तत्त्वलाई बेल्ट लाइनमा एकीकृत गरिएको छ यो झ्यालको माथिसम्म पुरै घुम्दै, स्कर्पिया एनलाई थप आकर्षण दिन्छ । डिजाइनको कमान्डिङ सहजै अग्र भागमा पनि अनुवादित भएको छ। स्कर्पियो । बिच्छी को चरित्र सर्वव्यापी छ किनकि अग्लो, स्ट्याक गरिएको टेलल्याम्प डिजाइनले अगाडिको जस्तै पछाडिको भागमा एक प्रभावशाली उपस्थिति जनाउँछ ।

प्रिमियम रूपमा सजाइएको आन्तरिक साजसज्जा पूर्णतः नयाँ द स्कर्पियो-एन बाहरिजस्तै भित्री रूपमा पनि मनमोहक छ ।

उत्कृष्ट कफी ब्ल्याकलेथरेट अपहोल्स्ट्री, उत्कृष्ट कमान्ड सिट पोजिसन, बलियो मेटल फिनिस्ड डुअल रेलमा घेरिएको सेन्टर कन्सोल, उन्नत इन्फोटेनमेन्ट प्रणाली र थप कुराहरूका साथ यात्रुहरूलाई स्वागत गर्दछ, जसले 'प्रिमियम-नेस'लाई अर्को स्तरमा लैजान्छ। द स्कोर्पियो-एनका भित्री भागलाई अत्यधिक परिष्कृत अनुभूति प्रदान गर्नका डिजाइन गरिएको छ, जसले चालक र यात्रुहरूलाई समान रूपमा आनन्दित तुल्याउँछ ।

परिष्कृत सवारी सञ्चालन र स्यान्डि द स्कर्पियो एनसे बेन्चमार्क ड्राइभिङ गतिशीलता प्रदान गर्न उपलब्ध सबैभन्दा जटिल प्रविधिहरूको प्रयोग गर्दछ। गतिशील क्षमता र आश्वासनदायी स्यान्डल क्षमताहरूको उल्लेखनीय स्तर प्रस्ताव गर्न नवीनतम पुस्ताको बढी अनफ्रेम संरचनालाई अनुकूलन गरिएको छ।

यसबाहेक, आत्मविश्वासपूर्ण सवारी सञ्चालन र ह्यान्डलिङ विशेषता प्रदान गर्न पेन्टा-लिक रियर सस्पेन्सनयुक्त सेगमेन्ट फर्स्ट बाट्स लिङ्क प्रणाली रहेको छ। यसको श्रेणीमा रहेको गाडीको लागि स्टेरिड सेट अप उल्लेखनीय रूपमा सहज र प्रतिक्रियाशील हुन्छ तथा चार वटे दिस्क बैङ्कले आनन्ददायी तर सुरक्षा सुनिश्चित गर्छ।

जहाँ गए पनि क्षमता

स्कर्पियो एन फर्स्ट-इन-क्लास इन्टेलिजेन्ट टेरेन म्यानेजमेन्ट टेक्नोलोजीको साथ सबै भूभागहरूमा आधिपत्य कायम गर्ने गरी डिजाइन गरिएको छ। केवल स्पर्शका साथ इलेक्ट्रिक सिस्टमले डब्ल्यूडी मोडबाट द स्कर्पियो-एनलाई सबै विजय गर्ने, सक्षम प्राणीमा रूपान्तरण गर्दछ स्कर्पियो-एनले पनि चालकको मुड जिप, जापर जूम मिलाउन तीन ड्राइभ मोड प्राप्त गर्दछ। विशेष गरी भिडभाडयुक्त (ट्राफिक)मा सहज सवारीका सवारी लागि जिप, वास्तविक महिन्द्रा कार्यदक्षता लागि जाप र आकर्षक र रोमाञ्चक सवारी सञ्चालनको गुणस्तरको लागि जुम अप प्रविधिसँगै उभिने अन-न्यू स्कर्पियो एनले प्रविधिमा उच्च स्कोर हासिल गर्दछ जसले सहरी तथा प्राविधिक ज्ञान भएका ग्राहकहरूलाई अतुलनीय मूल्य प्रस्ताव प्रदान गर्दछ जो आफ्नो एसयूमीसंग अर्को स्तरमा सहभागिताको खोजीमा छन्।

स्वच्छ अन्तस्करण

अल-न्यू स्कर्पियो-एनमा यसको सेगमेन्टमा सबैभन्दा कम कार्बन उत्सर्जन हुन्छ। सुरुदेखि नै सक्षम इन्जिनियरिङ र उत्पादन विकासद्वारा यो उपलब्धि हासिल गरिएको हो । कार्बन तटस्थतातर्फे अधि बढ्ने महिन्द्राको लक्ष्य अन्तर्गत एमएन्डएमले सचेतनापूर्वक धेरै वातावरण मैत्री निर्माण प्रक्रिया अपनाएको छ।

१३ असार, २०७९, २२:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।