काठमाडौँ : निश्चित ब्यापारीक घरानासँगको मिलेमतोमा करको दर हेरफेर गरेको अनि अनधिकृत व्यक्तिलाई मन्त्रालयमै बोलाएर करको दर चलाएको आरोप लागेका अर्थमन्त्री जनार्दन शर्माले करको दर हेरफेर गर्ने अधिकार अर्थमन्त्रीको भएको भन्दै राजीनामा नदिने बताए।
उकेरा अर्थ
राष्ट्रियसभामा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले भने ‘करका दर बढाउँदा देश र जनतालाई हित गर्यो कि गरेन भन्ने मुख्य हो। बढाउनै पाइँदैन भन्ने होइन।'
उनले कसैले राजीनामा माग्दैमा राजीनामा नदिने भन्दै बजेट देश र जनताको पक्षमा ल्याएको दाबी समेत गरेका थिए।
‘सही र गलत भोलि इतिहासले पुष्टि गर्नेछ, मैले गरेका निर्णयप्रति म जबाफदेही छु’ अर्थमन्त्री शर्माले संसद्मा भने।
उनले बिजुली गाडीबारे प्रष्टिकरणदिँदै महँगा गाडीमा सञ्चिति डलर बढी जाने भएकाले केही कर बढाइएको दाबी गरेका थिए। सस्ता बिजुली गाडी पर्याप्त रहेको र ठुला गाडीमा डलर पनि बढी बाहिर जाने भएकाले थोरै मात्र राजश्व बढाइएको उनको दाबी थियो।
२०७९ असार १३ गते १६:४३ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।