काठमाडौँ : साताको पहिलो दिन बढेको सेयर बजारको गति दोस्रो दिनमै थामिएको छ। पहिलो दिनको कारोबारले उत्साहित लगानीकर्ताहरू दोस्रो दिन सोमबारै निराश भए बजारले झुक्क्याउँदा।
उकेरा अर्थ
आइतबार आइतबार नेप्से परिसूचक ९४.९२ अङ्क बढेर १९५६.९८ विन्दुमा पुगेको थियो भने सेन्सेटिभ इन्डेक्स १७.९३ प्रतिशत, फ्लोट इन्डेक्स ६.६५ अङ्क र सेन्सेटिभ फ्लोट इन्डेक्स ६.६६ अङ्क बढेको थियो।
सोमबार बजार बन्द हुँदा नेप्से परिसूचक २३.८५ अङ्क घटेर १९३३.१३ विन्दुमा झर्यो। सेन्सेटिभ इन्डेक्स ७.०२ अङ्क घटेको छ भने फ्लोट इन्डेक्स १.९२ अङ्क र सेन्सेटिभ फ्लोट इन्डेक्स २.६४ अङ्क घटेको छ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। सोमबार २२९ स्टकको ४३ हजार १२२ पटकको कारोबारमा २ अर्ब ४ करोड ४८ लाख ३१ हजार रुपैयाँ बराबरको ५६ लाख ४१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
सोमबार १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढ्यो भने ११ उपसमूहको परिसूचक घट्यो। लगानी र जीवन बिमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढ्यो। विकास बैङ्क उपसमूहको परिसूचक सर्वाधिक ३.५१ प्रतिशत घट्यो। वित्त, होटेल तथा पर्यटन, जलविद्युत, अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।
सिवाईसी लघुवित्त र न्यादी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। लाइफ इन्स्योरेन्स कर्पोरेसनको शेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढ्यो। तर उन्नति सहकार्य लघुवित्तको शेयर मूल्य १० प्रतिशत घट्यो।
कारोबार रकमका आधारमा नागरिक लगानी कोष शीर्ष स्थानमा रह्यो। सोमबार उसको १५ करोड ६५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। हिमालयन डिस्टिलरीको ९ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।
२०७९ असार १३ गते १६:३४ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।