व्यास नगरपालिकाले छोरी मात्र जन्माएर स्थायी बन्ध्याकरण गरे करमा छुट दिने

व्यास नगरपालिकाले छोरी मात्र जन्माएर स्थायी बन्ध्याकरण गरे करमा छुट दिने

तनहुँः व्यास नगरपालिकाले छोरी मात्र जन्माएर स्थायी बन्ध्याकरण गर्ने दम्पतीलाई करमा छुट दिने भएको छ। ‘लैङ्गिक भेदभावमुक्त व्यास नगर’ बनाउने उद्देश्यसहित छोरी मात्र पाएर स्थायी बन्ध्याकरण गर्ने दम्पतीलाई सबै करमा २० प्रतिशत छुट दिने नीति नगरपालिकाले पारित गरेको छ।

उपप्रमुख इन्दिरा दरैका अनुसार छोरी २० वर्ष नपुग्दासम्म नगरपालिकाबाट लगाइने सम्पत्ति करलगायतका सबै करमा २० प्रतिशत छुट दिने नीति नगरसभाबाट पारित भएको हो। यस्तै नगरपालिकाले ‘आत्मनिर्भर छोरी, सशक्त व्यास नगर’ अभियानअन्तर्गत छोरीको २० वर्ष पुगेपछि मात्र विवाह गर्नेलाई नगद सहयोग गर्ने पनि भएको छ।

दलित, आदिवासी जनजाति, दुरा, बोटे, दराई, कुमाल, चेपाङका छोरीलाई सम्मान गर्दै त्यस्ता छोरीको विवाहमा नगद सहयोग गरिने र २० वर्ष पुगेपछि मात्र विवाह गर्न प्रचारप्रसार एवं अभिमुखीकरण कार्यक्रमलाई तीव्र बनाइने उपप्रमुख दरैले जानकारी दिइन्।

१३ असार, २०७९, १३:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।