शपथ ग्रहण सकेर मन्त्रालय गए नवनियुक्त मन्त्रीहरू

शपथ ग्रहण सकेर मन्त्रालय गए नवनियुक्त मन्त्रीहरू

काठमाडौंः एकीकृत समाजवादीबाट संघीय सरकारको मन्त्री नियुक्त भएका चार जनाले पद तथा गोपनियताको शपथ लिएका छन्। राष्ट्रपति भवनमा शपथ ग्रहणपछि मन्त्रीहरू कार्यभार सम्हाल्न सिंहदरबारतर्फ गइसकेका छन्। 

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यमन्त्रीलाई शपथ गराएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका राज्यमन्त्री बनेका हिराचन्द्र केसीलाई देउवाले शपथ गराएका हुन्।

नवनियुक्त मन्त्रीहरूमा जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मेटमणि चौधरी शहरी विकास मन्त्रालय, भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारीमा छन्।

यसअघि पर्यटनमन्त्रीमा प्रेम आले, शहरी विकासमन्त्रीमा रामकुमारी झाँक्री, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा कृष्णकुमार श्रेष्ठ (किसान) र स्वास्थ्यमन्त्रीमा विरोध खतिवडा थिए।

१३ असार, २०७९, १२:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।