काठमाडौंः नेपाली बजारमा आज सुन र चाँदी दुवै धातुको मूल्य बढेको छ। आज सुनको प्रतितोला चार सय रुपैयाँ र चाँदी प्रतितोला १० रुपैयाँले बढेको हो।
उकेरा अर्थ
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ तोकिएको छ। आज तेजाबी सुन प्रतितोला ९७ हजार २०० रुपैयाँ तोकिएको छ।
यस्तै आज चाँदी तोलामा १० रुपैयाँले बढेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार २५५ रुपैयाँ तोकिएको छ।
२०७९ असार १३ गते १२:०७ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।