आदर्श लघुवित्तको आईपीओ बाँडफाँट, साढे १८ सय जनाको आवेदन रद्द

आदर्श लघुवित्तको आईपीओ बाँडफाँट, साढे १८ सय जनाको आवेदन रद्द

काठमाडौंः आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट लिमिटेडको कार्यालयमा आज आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले निष्काशन गरेको आईपीओमा १६ लाख ७४ हजार ६५२ जनाले एक करोड ८४ लाख २४ हजार ९०० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए। आवेदन दिएकामध्ये एक हजार ८५८ जना आवेदकको आवेदन रद्द भएको छ। बाँकी १६ लाख ७२ हजार ७९४ योग्य आवेदकमध्ये ६ हजार २६१ आवेदकलाई १० कित्ताका दरले गोलाप्रथामार्फत शेयर बाँडफाँट गरिएको छ।

बाँकी पाँच कित्ता शेयर १० कित्ताभन्दा धेरै माग गरी आवेदन दिएकामध्ये गोलाप्रथाबाट थप पाँच जनालाई एक/एक कित्ताका दरले बाँडिएको कम्पनीले जनाएको छ।

बाँटफाँटको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सीडीएस एण्ड क्लियरिङ लिमिटेडको वेवसाइट (मेरो शेयर)मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ।

१३ असार, २०७९, ११:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।