देउवा सरकारका नवनियुक्त चार मन्त्रीको शपथ आज

देउवा सरकारका नवनियुक्त चार मन्त्रीको शपथ आज

काठमाडौंः एकीकृत समाजवादीको तर्फबाट देउवा सरकारमा सहभागी नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण आज रहेको छ। आज बिहान ११ बजे चार मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा शपथ गराउने छिन्।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले एक राज्यमन्त्रीलाई सिंहदरबारस्थित कार्यालयमा शपथ गराउने छन्।

नवनियक्त मन्त्रीमा जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मेटमणि चौधरी शहरी विकास मन्त्रालय, भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारीमा छन्।

त्यसैगरी हिराचन्द्र केसी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका राज्यमन्त्री भएका छन्।

१३ असार, २०७९, ०९:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।