एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद् बैठक बस्दै, १५ सय जना सहभागी हुने

एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद् बैठक बस्दै, १५ सय जना सहभागी हुने

काठमाडौंः नेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद् बैठक आज बस्दैछ। बैठक प्रज्ञा भवन कमलादीमा बस्नेछ।

आजको पहिलो केन्द्रीय परिषद् बैठकमा पार्टीका महासचिव बेदुराम भुसालले राजनीतिक प्रतिवेदन पेश गर्नेछन्। प्रतिवेदनमा समाजवादी पार्टी गठन गर्नुको कारणसहित आगामी कार्यदिशाबारे छलफल हुनेछ। यस्तै पार्टीको सांगठनिक गतिविधि, निर्वाचनको समीक्षा तथा तयारी लगायतका अजेण्डामा बैठकमा छलफल हुने बताइएको छ।

आजको बैठकमा एकीकृत समाजवादीका करिब एक हजार पाँच सय जना सहभागी हुने बताइएको छ।

१३ असार, २०७९, ०८:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।