देशभर मनसुनी वायुको प्रभाव: आज राति अधिकांश स्थानमा वर्षा हुने

देशभर मनसुनी वायुको प्रभाव: आज राति अधिकांश स्थानमा वर्षा हुने

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १ र गण्डकी प्रदेशमा भीषण वर्षाको सम्भावना रहेको जनाएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको कारण वर्षा हुने भएको हो।

यतिबेला प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभरका पहाडी भूभागका धेरै स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा भीषण वर्षाको सम्भावना छ।

आज राति देशका अधिकांश स्थानहरूमा वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भीषण वर्षाको सम्भावना छ।

१३ असार, २०७९, ०८:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।