लागूऔषधसहित धनगढीबाट चार जना पक्राउ

लागूऔषधसहित धनगढीबाट चार जना पक्राउ

कैलाली : कैलालीको धनगढी उपमहानगरपालिका–१३ कैलालीगाउँबाट ४ ग्राम अवैध लागूऔषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

शनिबार साँझ ब्राउनसुगरसहित उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३५ वर्षीय राजेन्द्र राना, २१ वर्षीय सुरज राना र २ जना १८ वर्षीय किशोर रहेका छन्। 

प्रहरीले २ जना १८ वर्षीय किशोरलाई जाँच गर्ने क्रममा एक पोका ब्राउन सुगर फेला पारेपछि थप अनुसन्धान गर्दा सो कारोबारमा राजेन्द्र र सुरज समेत संलग्न रहेको खुल्न आएपछि उनीहरूको घरमा समेत जाँच गरेको थियो। 

जाँच गर्दा उक्त लागुऔषध र नगद ८ हजार १ सय रुपैयाँसहित उनीहरूलाई पक्राउ गरेको कैलाली प्रहरीले जनाएको छ।
 

१२ असार, २०७९, २१:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।