यसरी पनि सुधार्न सकिन्छ काठमाडौँ : जसले बनायो, दामी बनायो

यसरी पनि सुधार्न सकिन्छ काठमाडौँ :  जसले बनायो, दामी बनायो

काठमाडौँ : आफ्नै पहिचान झल्काउन हल्का दिमाग मात्र लगाए पुग्छ। योजना बनाउन सके सडक पेटीमा राखिने सडकबारले पनि सांस्कृतिक झल्को दिन सकिन्छ।

अहिले न्युरोडदेखि पिपुल्सप्लाजा सम्मको सडक पेटीमा राखिएको बार हेर्ने हो भने सहजै अनुमान लगाउन सकिन्छ यो सडक कुमारी घर अनि काष्ठमण्डप भएतिर जान्छ भनेर। कुमारीको मुकुट अनि काष्ठमण्डपको आकार दिइएको फलामे बारमा रङ्ग पनि मिलाएर लगाइएको छ।

आइतबार त्यहाँ पुग्दा कामदारहरू धमाधम त्यही कुमारीको मुकुट अनि काष्ठमण्डप रङ्गाउन दत्तचित्त भएर लागेका थिए।

१२ असार, २०७९, २१:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।