माधवको दबाबमा देउवाले गरे मन्त्रीपरिषद् पुनर्गठन

माधवको दबाबमा देउवाले गरे मन्त्रीपरिषद् पुनर्गठन

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले मनले नचाहे पनि सत्ताधारी दल एकीकृत समाजवादीको दबाबमा आइतबार मन्त्रीपरिषद् पुनर्गठन गरेका छन्। देउवाको सिफारिसमा भएको पुनर्गठनको सूची राष्ट्रपति कार्यालयले जारी गरिसकेको छ।

विज्ञप्ति अनुसार चार जना मन्त्री र एक राज्यमन्त्री परिवर्तन भएका हुन्। एकीकृत समाजवादीबाट सिफारिस भएकामा जीवनराम श्रेष्ठ पर्यटन, मेटमणि चौधरी सहरी विकास, भवानी खापुङ स्वास्थ्य तथा जनसङ्ख्या र शेरबहादुर कुँवर श्रम मन्त्री नियुक्त भएका छन्। एकीकृत समाजवादीबाट मन्त्री बनेका रामकुमारी झाँक्री, प्रेम आले, किसान श्रेष्ठ र विरोध खतिवडा बाहिरिएका छन्।

आले र झाँक्रीले पत्रकार सम्मेलन गरेर मन्त्रीबाट बाहिरिएको बताएका थिए। तर किसान र विरोध खतिवडाले भने राजीनामा पनि बुझाएनन्। पार्टीको सिफारिसमा प्रधानमन्त्री देउवाले उनीहरूलाई हटाएर नयाँ मन्त्री बनाएका हुन्। नयाँ मन्त्रीहरुमा एक जना पनि महिला समावेश छैनन्।

१२ असार, २०७९, १९:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।