उकेरा शिक्षा

सार्वजनिक विद्यालय सुधार पहिलो प्राथमिकता : शिक्षामन्त्री पौडेल


काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालय सुधार सरकारको पहिलो प्राथमिकतामा रहेको बताए। राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत विभिन्न मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै हाल त्रिभुवन विश्वविद्यालयमा देखिएको विद्यार्थी र विश्वविद्यालयबीचको समस्या समाधान भइसकेको जानकारी दिए। 

 उनले भने, 'कूल बजेटमध्ये १०.९५ प्रतिशत मात्रै शिक्षा क्षेत्रका निम्ति अपुग हुन्छ, सार्वजनिक शिक्षाको सुदृढीकरणको लागि सरकार प्रतिबद्ध छ, नीति तथा कार्यक्रम र बजेट प्रस्ताव गर्दा १५औँ योजनालाई समेत आधार मानिएको छ, नीति तथा कार्यक्रम र बजेटमा विद्यालय शिक्षा, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम,  सीप विकास र उच्च शिक्षा सुधारमा जोड दिइएको छ।'
    
उनले विद्यालय सुदृढीकरण गर्न विद्यालय शिक्षा क्षेत्र योजना, उच्च शिक्षामा सुधारका लागि उच्च शिक्षा उत्कृष्टता प्रवद्र्धन कार्यक्रम तथा प्राविधिक तथा व्यावसायिक तालिम सुधारका लागि सीप विकास कार्यक्रम कार्यान्वयनमा जोड दिए। आगामी वर्षबाट शिक्षा मन्त्रालयले शिक्षा क्षेत्रको पूर्वाधारको विकास, शैक्षिक गुणस्तर सुधार, कानुनी सुधारलगायतका विषयलाई प्राथमिकता दिएको उनले प्रस्ट पारे। 

उच्च शिक्षालाई सुधार गर्ने मन्त्रालयको प्राथमिकतामा रहेको उनको भनाइ छ। शिक्षाका दरबन्दी मिलान तथा दरबन्दी थपका समस्या आगामी आर्थिक वर्षमा पूर्ण रुपमा समाधान गरिने बताउँदै उनले शिक्षालाई सीपमूलक र व्यावहारिक बनाउँदै रोजगारमूलक बनाउने सरकारको योजना रहेको बताए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

जनक शिक्षाले समयमै छपाइ नगर्दा कर्णाली प्रदेशमा ६० हजार पाठ्यपुस्तक अभाव

यी जिल्लाका लागि आवश्यक करिब ६० हजार पुस्तक पठाउन केन्द्रसँग माग गरिएको छ। जनक शिक्षाका प्रादेशिक कार्यालय प्रमुख धनबहादुर केसीले कक्षा आठको नेपाली, सामाजिक, विज्ञान,....

सहायक क्याम्पस प्रमुख झामाथि कार्यकक्षमै हमला: दोषीलाई कडा कारबाही गर्न नेशनल प्याब्सनको माग

यस घटनाले परीक्षार्थी विद्यार्थी तथा अभिभावक, शिक्षक र कर्मचारीहरू आतंकित भएको नेशनल प्याब्सनले जनाएको छ। यस्तै झामाथिको हमलाले विभिन्न शंका तथा उपशंका उब्जाएको भन्दै घटनाको....

नयाँ शिक्षा ऐन तत्काल जारी गर्न अखिल क्रान्तिकारीको माग

२०२८ सालमा बनेको पञ्चायतकालीन ऐनलाई दशौँ पटक संशोधन गर्दा पनि यसले नेपालको शैक्षिक समस्यालाई समाधान गर्न नसकेकाले सरकारले जतिसक्दो चाँडो नयाँ शिक्षा ऐन ल्याउनुपर्ने  उनीहरूको....

'शिक्षा मात्रै हैन, अब व्यावहारिक शिक्षा'

'अबको जमानामा शिक्षित जनशक्ति मात्रै होइन प्रतिस्पर्धा गर्न सक्ने शिक्षित जनशक्ति आवश्यक छ,' उनले भने, 'त्यसका लागि शिक्षा मात्रै हैन व्यावहारिक शिक्षा अहिलेको महत्त्वपूर्ण पक्ष....

एसईई परीक्षामा रुपन्देहीका पाँच विद्यार्थीले ल्याए 'जीपीए ४'

अक्सफोर्डका विद्यार्थीहरू विलक्षण भुसाल र दिपेश भुसालले जीपीए ४ ल्याएको विद्यालयले जनाएको छ। त्यस्तैगरी बुटवल–११ कालिकानगरस्थित न्यू होराइजन इङ्लिस बोर्डिङ स्कुलबाट दुई जनाले जीपीए ४ प्राप्त....