स्थानीय सरकार

पाल्पाको निस्दी गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षाभत्ता दिने


पाल्पाः निस्दी गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षाभत्ता उपलब्ध गराउने भएको छ। नीति तथा कार्यक्रमसहित बजेट सार्वजनिक गर्दै गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले पालिकामा बसोबास गर्ने ६० वर्ष उमेर पुगेका एकल पुरुषलाई सामाजिक सुरक्षाभत्ताको व्यवस्था गर्ने बताए।

यस्तै गाउँपालिकाले ‘ग’ वर्गको अपाङ्गता भएका व्यक्तिहरूलाई सामाजिक सुरक्षाभत्ता उपलब्ध गराउने भएको छ। सरकारको नीतिअनुसार यसअघि ‘क’ र ‘ख’ वर्गको परिचयपत्र प्राप्त गर्ने अपाङ्गता भएका व्यक्तिलाई सामाजिक सुरक्षाभत्ता उपलब्ध हुँदै आएकामा गाउँपालिकाले ‘ग’ वर्गका अपाङ्गता भएका व्यक्तिलाई सामाजिक सुरक्षाभत्ताको व्यवस्था गर्न लागेको हो।

गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले सामाजिक सुरक्षाभत्ता कार्यक्रम नीति तथा कार्यक्रममा राखिएको र आगामी साउन १ देखि नै भत्ता दिन सुरु गर्ने बताए। मासिक रु एक हजारका दरले भत्ता वितरण गरिनेछ।

गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु ६४ करोड ९८ लाख ६ हजार ५७० बराबरको बजेट ल्याएको छ।

गाउँपालिका अध्यक्ष सारुले आगामी पाँच वर्षभित्र निस्दीलाई अतिकम विकसित गाउँपालिकाबाट विकासशील गाउँपालिकामा स्तरोन्नति गर्ने पनि बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

छाडा चौपायाका कारण सडक दुर्घटना बढेपछि रिफ्लेक्टिभ स्टिकर बाँध्न सुरु

सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगको सहकार्यमा रिफ्लेक्टिभ स्टिकर बाँध्न सुरु गरिएको हो। छाडा पशु विषेशगरी गाईलाई तिलोत्तमा नगरले गौशालामा पनि व्यावस्थापन गर्दै आएको छ। गौशालामा लान छुटेका....

मेयर बालेनसँग क्रुद्ध बञ्चरेका स्थानीय, फोहोर फाल्ने काम सधैँलाई बन्द गर्न पत्राचार

महानगरका नयाँ मेयर बालेन्द्र शाहले झिनो आश जगाएको भए पनि त्यो पनि मर्दै गएको भन्दै स्थानीयहरू थप क्रुद्ध भएका छन्। ‘मेयर बालेन शाहलाई काममा सहज....

सर्वोच्चसँग रिसाए बालेन, सञ्जालमा गरे टिप्पणी

बुधवार अदालतले अस्पतालको रिटको सुनुवाइ गर्दै तत्काल नभत्काउन अल्पकालीन आदेश दिँदै दुबै पक्षलाई सोमबार छलफलमा बोलाएको थियो। अदालतको सो आदेशप्रति सामाजिक सञ्जालमा लेख्दै उनले आक्रोश....

मेयर बालेनले नर्भिकलाई दिएको २४ घन्टे अल्टिमेटम फ्लप खायो, भत्किएन अवैध संरचना

क्यान्टिन लगायतका संरचना अनुमति नलिई बनाएको भन्दै महानगरले सोमबार २४ घन्टे लिखित अल्टिमेटम दिएको थियो। नर्भिकले नभत्काएपछि मङ्गलवार बालेन आफै नर्भिक गएका थिए।

काठमाडौंको फोहोर बोकेर गएका १४ टिपर, दुई डोजर र एक एक्स्‌काभेटरमा तोडफोड

यस्तै दुई वटा डोजर‍ र एउटा एक्स्‌काभेटर पनि तोडफोड भएको छ। गाडी तोडफोड गर्ने अज्ञात समूहबारे महानगरको आग्रहमा प्रहरीले अनुसन्धान गर्दैछ। सोमबार फोहोर विसर्जन गर्न गएका गाडीहरूलाई....