बागमती प्रदेशको प्रदेश सभा बैठक बस्दै

बागमती प्रदेशको प्रदेश सभा बैठक बस्दै

काठमाडौंः बागमती प्रदेशको प्रदेश सभा बैठक आज दिउँसो २ बजे बस्ने भएको छ। प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले आज बस्ने बैठकमा आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत भएको बजेटमाथि छलफल हुने बताए। 

प्रदेश सभा बैठक बस्नुअघि कार्य व्यवस्था परामर्श समितिको बैठक पनि मध्याह्न १२ बजे बस्दैछ। प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्ष एमालेको तर्फबाट सरकारले प्रस्तुत गरेको बजेटमाथि संशोधन गरियोस् भनी प्रस्ताव दर्ता गर्ने प्रदेश सभा सदस्य रामेश्वर फुँयालले जानकारी दिए।

प्रदेश सरकारले आगामी आवका लागि कुल रु ७० अर्ब ९३ करोड अनुमानित बजेट सार्वजनिक गरेको छ। सार्वजनिक बजेटमध्ये चालुतर्फ रु १९ अर्ब दुई करोड, पुँजीगततर्फ रु ४१ अर्ब ५६ करोड, वित्तीय हस्तान्तरणतर्फ रु आठ अर्ब र वित्तीय व्यवस्थापनतर्फ रु दुई अर्ब बजेट विनियोजन गरिएको छ।

१२ असार, २०७९, ०९:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।