पेट्रोलमा २०, डिजेल र मट्टितेलमा २९ रुपैयाँ घट्यो*

पेट्रोलमा २०, डिजेल र मट्टितेलमा २९ रुपैयाँ घट्यो*

काठमाडौंः सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। आज बसेको सत्ता गठबन्धनको बैठकले कर कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेकामा नेपाल आयल निगमले मूल्य घटाएको हो।

निगमले पेट्रोलमा २० र डिजेल तथा मट्टितेलमा २९ रुपैयाँ मूल्य घटाएको छ। अब पेट्रोलको नयाँ मूल्य १७९ रुपैयाँ प्रतिलिटर हुनेछ। यस्तै डिजेल तथा मट्टितेल १६३ रुपैयाँ प्रतिलिटर कायम हुनेछ।

शनिबार राति १२ बजेपछि नयाँ मूल्यसूची लागू हुनेछ।

*यसअघि डिजेल तथा मट्टितेलको मूल्यमा २८ रुपैयाँ घटाइएको भन्नेमा सच्याइएको

११ असार, २०७९, १३:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।