सारा अली खानले सार्वजनिक कार्यक्रममै सलमानलाई 'अंकल' भनेर बोलाएपछि...

सारा अली खानले सार्वजनिक कार्यक्रममै सलमानलाई 'अंकल' भनेर बोलाएपछि...

एजेन्सीः बलिउड अभिनेता सलमान खान ५६ वर्षका छन्। अनि बलिउड अभिनेत्री सारा अली खान २६ वर्षकी छिन्।

उमेर फरक त छँदैछ। झण्डै-झण्डै सलमान खान साराका बुवा सैफ अली खानका उमेरका हुन्। सैफ ५१ वर्षका छन्।

यी सेलिब्रिटीका कुरा किन गरियो भने, साराले एक कार्यक्रममा सलमानलाई 'अंकल' भनेर सम्बोधन गरिन्। अब साराले ५४ वर्षीय अक्षय कुमारसँग 'अतरङ्गी रे' भन्ने फिल्ममा अनस्क्रिन रोमान्स गरिरहँदा सलमानलाई अंकल भनिरहन जरुरी त थिएन। तर साराले सम्बन्ध लुकाउनै सकिनन्।

शनिबार अर्थात् आज राति सवा ८ बजे आईफा अवार्ड २०२२ प्रदर्शन हुँदैछ। यही कार्यक्रमको एक प्रोमो सार्वजनिक भएको थियो- जहाँ साराले सलमानलाई अंकल भन्दै सम्बोधन गरिन्।

साराले भन्छिन्, 'म एउटा ब्राण्ड लञ्च गर्न गइरहेको छु। सलमान अंकलसँग।' सलमानलाई अंकल भनेपछि उनी रिसाउँछन्। अनि भन्छन्, 'तपाईंले सबैको अगाडि मलाई अंकल भन्नुभयो, अब तपाईंको फिल्म त गयो।'

साराले भन्छिन्, 'तपाईंले नै मलाई अंकल भन भन्नुभएको त हो नि!'

सारा झन् झन् सलमानलाई उडाउँछिन्। सलमान रिसाएको जस्तो त गर्छन् तर रिस लुकाएका छन्।

अनि एकैछिनमा दुवै नाच्न थाल्छन् 'टन टनाटन टनटन टारा' बोलको गीतमा।

११ असार, २०७९, ०८:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।