रामबाबुको नयाँ फिल्ममा विपिन पक्का

रामबाबुको नयाँ फिल्ममा विपिन पक्का

काठमाडौँ : नायक विपिन कार्की फिल्म ‘कबड्डी’का निर्देशक रामबाबु गुरुङको नयाँ फिल्ममा अनुबन्धित भएका छन्। पशुपति प्रसाद-२ मा अभिनय गर्न अस्वीकार गरेका उनले सामाजिक सञ्जालमा फिल्ममा अनुबन्ध भएकोबारे जानकारी दिएका हुन्। 

फिल्मको छायाङ्कन इलाममा हुने भनिए पनि फिल्मको शीर्षक भने जुरी सकेको छैन। कबड्डी ४ ले हालै सर्वाधिक व्यापार गर्ने नेपाली फिल्मको रेकर्ड समेत बनाएको थियो। रामबाबुले आफ्नो फिल्ममा दयाहाङ राई र सौगात मल्ललाई लिने गरेका थिए।

 बलिउड फिल्म ‘एनिमल’ मा समेत अनुबन्धित भएका उनी त्यसको छायाङ्कनका लागि मुम्बई जाँदै छन्। उनी प्रसाद २ मा समेत अनुबन्ध भइसकेका छन् भने  उनले, दीपेन्द्र के खनालको नयाँ फिल्म ‘के घर के डेरा’को छायाङ्कन पनि गरिरहेका छन्।

१० असार, २०७९, २३:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।