काठमाडौँ : काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि ५० प्रतिशत बजेट पूर्वाधार निर्माणमा छुट्ट्याएको छ। शुक्रवार नगर सभामा उपमेयर सुनिता डङ्गोलले २५ अर्ब ४१ करोड ९६ लाखको बजेट पेस गरेकी थिइन्।
महानगर नगर सभाको एघारौँ बैठकमा डङ्गोलले सार्वजनिक गरेको बजेटमा पूर्वाधार निर्माणका लागि ११ अर्ब ८ करोड रुपैयाँ छुट्ट्याइएको छ। यो कुल बजेटको ४९.५७ प्रतिशत हो।