रुस-युक्रेन युद्धको पाँच महिना: युक्रेनको आपूर्ति मार्गहरू अवरूद्ध गर्ने योजना

रुस-युक्रेन युद्धको पाँच महिना: युक्रेनको आपूर्ति मार्गहरू अवरूद्ध गर्ने योजना

एजेन्सीः रुसले युक्रेनको आपूर्ति मार्गहरू अवरुद्ध गर्ने योजना बनाएको छ। यी दुई देशबीचको युद्ध पाँचौँ महिनामा प्रवेश गरेसँगै रुसले युद्धको नयाँ नीति अपनाउन लागेको हो।

यता यहीबीच युक्रेनको औपचारिक रूपमा युरोपेली सङ्घको सदस्य बन्ने प्रस्ताव स्वीकृत भएको छ। यद्यपि उसलाई सङ्घको पूर्ण सदस्यता हासिल गर्न एक दशकभन्दा बढी समय लाग्नेछ। तर उम्मेदवारी स्वीकृत भएसँगै युद्धग्रस्त राष्ट्रको मनोबल पनि बढेको छ।

हाल लुहान्स्क प्रान्तको करिब ९५ प्रतिशत र छिमेकी डोनेस्क प्रान्तको करिब आधा भागमा रुसी सेनाले कब्जा जमाएको छ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि पाँच महिनाअघि आजकै दिन ‘विशेष सैन्य कारबाही’ सुरु गरेका थिए।

२७ सदस्यीय सङ्घमा युक्रेनको प्रवेशलाई लिएर युरोपेली नेताहरूले युक्रेनी जनता युरोपेली परिवार भएका बताएका छन्।

यता हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले युरोपलाई आर्थिक समस्याबाट जोगाउन रुसमाथि अब थप प्रतिबन्ध आवश्यक नभएको बताएका छन्। रुसबाट ग्यास आपूर्तिमा कटौती हुँदा धेरै युरोपेली देश प्रभावित भएको उनले बताएका हुन्। 

१० असार, २०७९, १३:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।