सेप्टेम्बरबाट विज एयरले भैरहवा- आबुधाबी उडान भर्ने

सेप्टेम्बरबाट विज एयरले भैरहवा- आबुधाबी उडान भर्ने
तस्बिर: गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौंः गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट आउँदो सेप्टेम्बरदेखि विज एयरले अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ। भैरहवाबाट यूएईको आबुधाबी गन्तव्यमा एयरले उडान भर्ने तयारी गरेको हो।

गत जेठ २ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको यस विमानस्थलबाट पछिल्लो समय नियमित उडान भर्नका लागि विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनी लागिपरेका छन्। अब विज एयरले एयरबसको ३२१ निओ सिरीजको जहाज सञ्चालनमा ल्याउने योजना बनाएको छ।

विजको १९० सिट क्षमताको उक्त जहाज नेपालमै पहिलो पटक उडान गर्न लागेको हो। उक्त जहाज एयरबस कम्पनीले उत्पादन गरेको पछिल्लो संस्करणको जहाजमध्ये एक रहेको बताइएको छ।

१० असार, २०७९, १३:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।