अस्पतालको नियुक्तिमा पनि गठबन्धनमा भागबन्डा : जसपाको जोडबलमा ट्रमामा डा. यादव, देउवाको इन्ट्रेस्टमा जोशी गेटामा 

अस्पतालको नियुक्तिमा पनि गठबन्धनमा भागबन्डा : जसपाको जोडबलमा ट्रमामा डा. यादव, देउवाको इन्ट्रेस्टमा जोशी गेटामा 

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार मन्त्रिपरिषद्ले डा. जोशीलाई गेटाको प्रमुख बनाएर पठाउने निर्णय गरिसकेको छ। त्यसैले उनको स्थानमा डा. यादव आए।

डा. जोशीले गेटाको प्रमुखमा जानका लागि सरकारले निर्णय गरिसकेको जानकारी पाएको तर पत्र भने पाउन बाँकी नै रहेको बताएका छन्। र, अब केही दिनमा नै गेटा जाने उनले बताए।

बिहीबार साँझ उकेरासँग कुरा गर्दै डा. जोशीले भने, ‘निर्णय भइसकेको अवस्था छ। चिठी हात परेको छैन। छिटै चिठी हातपर्छ भन्ने जानकारी पाइसकेको छु।’

बालुवाटारको इन्ट्रेस्टमा जोशी, उपेन्द्रको इन्ट्रेस्टमा यादव 

डा. यादव र जोशी १०औं तहका चिकित्सक हुन्। ११ औं तहका चिकित्सक नभएका हैनन्। तर सरकारले दुवै अस्पतालको नेतृत्त्वमा १०औं तहलाई दियो।

‘प्रमोद जोशी डाक्टरसाबको त मन्त्रिपरिषद्ले गरेको निर्णय हो। हामीले सिफारिस मात्र गरिदिएको हो। सिफारिस गरिदिनु भनेर उता (बालुवाटार) बाट आयो। त्यही बमोजिम सिफारिस हुनुभयो।’

मन्त्रालय स्रोतका अनुसार डा. यादव जसपा नेता उपेन्द्र यादवको इन्ट्रेस्टमा ट्रमा सेन्टरको प्रमुख भएका हुन्। त्यसैगरी डा. जोशी भने प्रधानमन्त्री शेरबहादुर देउवा र देउवा पत्नी आरजु राणाको इन्ट्रेस्टमा गेटा जाने भएका हुन्।

डा. जोशीले भने आफू पनि गेटामा जान चाहेको र सरोकारवाला सबैले आफूलाई त्यहाँ चाहेको दावी गरेका छन्। डा. जोशी बालुवाटारकै इन्ट्रेस्टमा गत भदौमा ट्रमा सेन्टरको प्रमुखको जिम्मेवारी सम्हाल्न आइपुगेका थिए।

बालुवाटारको इन्ट्रेस्टमा डा. जोशीलाई गेटाको प्रमुख बनाउनुलाई स्वास्थ्यमन्त्री खतिवडाले पनि अस्वाभाविक रूपमा लिएका थिएनन्। मन्त्रालय स्रोतका अनुसार बालुवाटारको निर्देशन बमोजिमै स्वास्थ्य मन्त्रालयले डा. जोशीलाई गेटाको प्रमुखको रूपमा सिफारिस गरेका थिए।

स्रोतले भन्यो, ‘प्रमोद जोशी डाक्टरसाबको त मन्त्रिपरिषद्ले गरेको निर्णय हो। हामीले सिफारिस मात्र गरिदिएको हो। सिफारिस गरिदिनु भनेर उता (बालुवाटार) बाट आयो। त्यही बमोजिम सिफारिस हुनुभयो।’

मन्त्रालय स्रोतका अनुसार ६ महिनाभित्र अस्पताल नै तयार गर्ने शर्तमा डा. जोशीलाई गेटाको प्रमुखको जिम्मेवारी दिइएको छ।

०००
तर, डा. यादवलाई ट्रमा सेन्टरको निर्देशक बनाउने स्वास्थ्यमन्त्री खतिवडाको योजना थिएन। प्रधानमन्त्री देउवा र स्वास्थ्यमन्त्रीलाई समेत उपेन्द्र यादवले ट्रमा सेन्टरको प्रमुख डा. यादवलाई नै बनाउनुपर्ने दबाब दिएपछि बाध्य भएर मन्त्री खतिवडाले यादवलाई ट्रमा सेन्टरको प्रमुख बनाएको मन्त्रालय स्रोत बताउँछ।

मन्त्रालयका ती उच्च एक अधिकारिले उकेरासँग कुरा गर्दै भने, ‘ट्रमा र वीर सुधार्ने ठूलो इच्छा थियो। तर, केही गरे पनि यी दुईटालाई सुधार्न सकिएन। गठबन्धन सरकारमा गाह्रो रहेछ।’

त्यसो त डा. प्रमोद यादव पहिले पनि ट्रमा सेन्टरको प्रमुख भइसकेको र त्यहाँको नेतृत्त्वमा फेलियर समेत भएको भन्दै उनलाई ट्रमाको प्रमुख बनाउन नहुने विषय मन्त्रीकहाँ सुझाव समेत पुगेको थियो।

डा. यादवलाई ट्रमा सेन्टरको प्रमुख बनाउनुको सट्टा वीर अस्पतालका डा. हेन्सम खड्कालाई बनाउने योजना थियो। तर, डा. यादवलाई प्रमुख बनाउन मन्त्रालयबाट टिप्पणी नै उठिसकेकाले मन्त्री पछि हट्न नसकेको मन्त्रालय स्रोतले बतायो। 

‘ट्रमामा प्रमोद यादव डाक्टरसाबको सट्टा डा. हेन्सम खड्कालाई ल्याउने तयारी थियो,’ स्रोतले भन्यो, ‘तर प्रमोद यादव डाक्टरसाबको टिप्पणी उठिसकेको थियो। त्यसैले मन्त्रीज्यूलाई पनि पछि हट्न कठिन भयो।’

कुराकानीको क्रममा ती एक उच्च अधिकारीले गठबन्धन सरकारका कारण झन् वीर र ट्रमा सेन्टरलाई केही गरे पनि सुधार्न नसकिएको भन्दै ग्लानी भाव व्यक्त गरे। मन्त्रालयका ती उच्च एक अधिकारिले उकेरासँग कुरा गर्दै भने, ‘ट्रमा र वीर सुधार्ने ठूलो इच्छा थियो। तर, केही गरे पनि यी दुईटालाई सुधार्न सकिएन। गठबन्धन सरकारमा गाह्रो रहेछ।’

डा. जोशी भन्छन् :  गेटा अस्पताल प्रमुख जिम्मेवारी
गेटा अस्पताल सञ्चालन गर्ने नै आफ्नो मुख्य जिम्मेवारी हुने डा. जोशीले बताए। गेटा अस्पताल भवन बने पनि बत्ती, पानी र ढलको समेत व्यवस्थापन भइनसकेको र सुरुमा त्यो व्यवस्थापनका लागि पहल गर्ने डा. जोशी बताउँछन्।

एक चरणमा एक सय बेड गर्दै चरणबद्ध रूपमा तीन सय बेड अस्पताल सञ्चालन गर्ने पहिलो प्राथमिकता भएको डा. जोशीले बताए।

यो अस्पताल करिब ६ सय बेड क्षमताको हो। गेटा अस्पताललाई प्रतिष्ठानका रूपमा सञ्चालन गर्ने योजना छ। डा. जोशीलाई गेटामा बजेट धेरै देखेर जान लागेको समेत आरोप नभएको हैन। तर, डा. जोशी भने त्यो आरोप अस्वीकार गर्छन्।

डा. जोशीले भने,‘त्यो पटक्कै हैन। मैले त्यो क्षेत्रमा यसअघि पनि राम्रा काम गरेको छु।’ अस्पताल तथा मेडिकल कलेज चलाउनुपर्छ भनेर बनेको योजनाअनुसारको गेटामा काम गर्न जान आफूलाई खटाइएको उनको तर्क छ। 

'तपाईं स्वास्थ्यमन्त्रीको इन्ट्रेस्टमा ट्रमामा आउनुभएको हो र?' भन्ने जिज्ञासामा डा. यादवले भने, ‘यो त गठबन्धनको सरकार हो। सबै गठबन्धनवाला एउटै त हो नि। मेरो दरबन्दी नै यहाँ भएपछि म आउनलाई प्रयास गरिरहेको थिएँ।’

तर, 'बालुवाटारले चाहेर नै तपाईंलाई ट्रमा सेन्टरको प्रमुख बनाइयो अनि बालुवाटारको इन्ट्रेस्टमा नै गेटा पठाइयो भनिन्छ नि त?' भन्ने जिज्ञासामा डा. जोशीको जवाफ छ, ‘त्यस्तो त हैन। यसमा सबै जनाको माया ममता छ। १२ वर्ष सुदूरपश्चिममा काम गरिसकेको छु।’

ट्रमा सेन्टरमा रहँदा छोटो अवधिमा आफूले राम्रो काम गर्ने प्रयास गरेको र त्यसमा सफलता पनि मिलेको डा. जोशीको दावी छ।

शुल्क निर्धारण समिति बनाएर ट्रमा सेन्टरले दिने सेवाको शुल्क निर्धारण गरेको, ट्रमा सेन्टरमा नियमित तालिकामा हुने भीडभाडको अतिरिक्त पैसा तिरेर पेइङ सुविधा लिन चाहने सेवाग्राहीका लागि विस्तारित अस्पताल (पेईङ) सेवा सुरु गर्न सफल भएको उनले बताए।

आकस्मिक रूपमा गरिने शल्यक्रिया सहज बनाउनका लागि समेत आकस्मिक शल्यक्रिया कक्षमा नयाँ सी–आर्म मेसिन राख्ने लगायत व्यवस्थापन गरिएको उनले सुनाए।

उनले नयाँ सामान किन्नुलाई मात्रै सफलताको रूपमा हेरिने गरेको आफूले महशुस गरेको सुनाए। 

डा. जोशीले भने,‘नयाँ सामान के के किन्यो? नयाँ सामान के के जडान गरियो? भन्ने कुरालाई मात्रमध्ये नजर गरिँदो रहेछ।’ आफूले ट्रमा सेन्टरमा भएका पुराना सामानलाई नै मर्मत सम्भार गरेर बनाएर चलाउने विषयलाई प्राथमिकता दिएको उनले बताए।

अनियमितता नगर्ने डा. यादवको भनाई
बिहीबार ट्रमा सेन्टरको प्रमुखको भूमिका सम्हालेका डा. यादवले आफू ट्रमा सेन्टरमा काम गर्ने तर एक रुपैयाँ पनि अनियमितता नगर्ने प्रतिबद्धता जनाए।

ट्रमा सेन्टरमा छिटोभन्दा छिटो सेवा दिने विषय नै आफ्नो प्राथमिकतामा पर्ने डा. यादवले बताए। उनले भने, ‘क्विकभन्दा क्विक सर्भिस दिनुपर्छ। रेफर गर्नु भएन।’

ट्रमा सेन्टरमा बेडको पनि कमी भएकाले तत्काल सय बेड आवश्यक परेको उनले बताए। त्यसैले आफूले ट्रमा सेन्टरसँगै रहेको आर्मीको भवनमा ट्रमा सेन्टरका लागि सय बेड विस्तारका लागि पहल गर्ने उनले बताए। 

'तपाईं स्वास्थ्यमन्त्रीको इन्ट्रेस्टमा ट्रमामा आउनुभएको हो र?' भन्ने जिज्ञासामा डा. यादवले भने, ‘यो त गठबन्धनको सरकार हो। सबै गठबन्धनवाला एउटै त हो नि। मेरो दरबन्दी नै यहाँ भएपछि म आउनलाई प्रयास गरिरहेको थिएँ।’

१० असार, २०७९, ०८:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।