उकेरा प्रदेश

रुपन्देहीमा कोभिड विरुद्धको दुवै डोज लगाउनेको सङ्ख्या बराबर


बुटवल : रुपन्देहीमा पहिलो र दोस्रो चरणको खोप लगाउनेको सङ्ख्या बराबर देखिएको छ। जिल्ला स्वास्थ्य कार्यालय जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालका अनुसार जिल्लाका १ सय २ प्रतिशतले कोभिडको पहिलो र दोस्रो खोप को मात्रा लगाएको देखिएको छ।

प्रदेशका अन्य जिल्लाहरूमा भने भने पहिलो डोज लगाएकाहरूले दोस्रो चरणको खोप लगाउनेको सङ्ख्या बढी देखिएको छ। रुपन्देही जिल्लाका सबै पालिकाहरूमा अधिकांश पहिलो चरणका खोप लगाएकाहरू भन्दा दोस्रो चरणको खोप लगाउनेको संख्या बढी पाइएको छ।

अन्य जिल्लामा पहिलो चरणको खोप लगाएका तथा अन्य जिल्लाबाट बसाई सराई गरी आएकाहरूले समेत दोस्रो डोजको खोप लगाएको कारण मात्रा बढेको कार्यालय प्रमुख ढकालको भनाई छ। पूर्ण खोप लगाएका रुपन्देहीका ७ वटा पालिका पूर्ण खोप पालिका समेत घोषणा भैससकेका छन्।

खोप अधिकृत भेषराज शर्माका अनुसार सैनामैना, तिलोत्तमा, ओमसतिया, मर्चवारी, रोहिणी, शुद्धोदन र सियारी गाउँपालिकाले पूर्ण खोप पालिका घोषणा गरिसकेका छन्। यस्तै लुम्बिनी संस्कृतिका नगरपालिकाले पनि दोस्रो खोप लगाएर अव घोषणा मात्रै बाँकी रहेको खोप अधिकृत शर्माको भनाई छ।

रुपन्देही जिल्लामा आएको १८ लाख ८२ हजार ६ सय ३१ खोप मध्ये अझै ७ सय डोज बढी भेरोसेल खोप बाँकी छ। लुम्बिनी प्रदेशका सबै जिल्ला खोप लगाउने जनसङ्ख्याको २२ प्रतिशत रुपन्देही जिल्लाबाट लगाएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क छ।

जिल्लामा ८ लाख ३८ हजार ७९० जनालाई खोप लगाउनुपर्नेमा ८ लाख ४२ हजार जनाले खोप लगाएका छन्। यो अवधिमा जिल्लाका ३ लाखभन्दा बढिले बुस्टर डोज समेत लगाएका छन्। कुल खोप लगाएको जनसङ्ख्याको ४६ प्रतिशत बुस्टर खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत शर्माको भनाई छ।

पहिलो चरणको विद्यालय केन्द्र ५ वर्ष देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड खोप दिइएको छ। दोस्रो चरणको खोप सुरु हुँदै छ। १ लाख ४४ हजार ८ सय ५५ जना बालबालिकाले पहिलो चरणको कोभिड खोप लगाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

गण्डकी प्रदेश सभामा ३० नयाँ  अनुहार, खगराजको मुख्यमन्त्री बन्ने सपना संकटमा

पूर्वी नवलपरासीमा अन्य ३ वटा प्रदेशसभामा एमालेका उम्मेदवार निर्वाचित भएका छन्। निर्वाचित भएका रोशनबहादुर गाहा निवर्तमान प्रदेश सांसद हुन्। अन्य दुई जना नयाँ अनुहारका छन्।....

लुम्बिनी प्रदेशमा माओवादी र राप्रपा बराबर, एमाले ११ सिट सहित पहिलो

एमालेबाट विजयी हुनेहरू एमालेबाट गुल्मी २ मा गोकर्ण विष्ट विजयी भए। उनले एकीकृत समाजवादीकी सचिव रामकुमारी झाक्रीलाई पराजित गरे। विष्टले २८ हजार ४७६ मत पाएका....

गठबन्धन नभत्किए गण्डकीमा उनीहरूकै बहुमत, समानुपातिकमा राप्रपाको सुधार

कांग्रेसले चापाकोट नगरपालिकाका–४ वटा मतदान केन्द्रमा बुथ कब्जा गरेर ९८ प्रतिशत मत हालेको आरोप लगाउँदै एमालेका उम्मेदवार पद्यमा अर्यालले निर्वाचन आयोगमा उजुरी गरेका कारण त्यहाँको....

कर्णाली प्रदेश सभा: २० नयाँ अनुहार सांसद चुनिए, दोहोरिएका चारमध्ये तीन जना मुख्यमन्त्रीका दावेदार

बहालवाला मुख्यमन्त्री जीवनबहादुर शाही हुम्लाबाट निर्वाचित भए। मुख्यमन्त्री शाहीले एमालेका छक्कबहादुर लामालाई पराजित गर्दै प्रदेश सभामा सिट सुरक्षित पारेका हुन्। पराजित लामा यसअघि स्वतन्त्रबाट प्रतिनिधि....

हारकाे जिम्मेवारी लिँदै माओवादीका लुम्बिनी प्रदेश अध्यक्षले दिए राजीनामा

शनिबार प्रेस विज्ञप्ति जारी गर्दै बरालले विविध कारणले लुम्बिनी प्रदेशमा पार्टीको विगतको परिणामलाई कायम राख्न समेत नसकेको र आफू स्वयं उम्मेदवार बनेर पनि परिणाम सफल....