मल्टिस्टारर ‘लाखे’ मा अर्पणको सस्पेन्स लुक्स

मल्टिस्टारर ‘लाखे’ मा अर्पणको सस्पेन्स लुक्स

काठमाडौँ : मल्टी स्टारर फिल्म ‘लाखे’ को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ। भदौ ३१ बाट प्रदर्शनमा आउने फिल्मको पोस्टर बिहीबार सार्वजनिक भएको हो।

पोस्टरमा चार जना मुखौटाधारीका साथमा अर्पण थापाको फोटो ‘ब्ल्याक एन्ड ह्वाइ’ कलरमा राखिएको छ। पोस्टरले ‘लाखे’ सस्पेन्स–थ्रीलरमा आधारित भएको देखाउँछ।

सम्राट् बस्नेत निर्देशित फिल्ममा सौगात मल्ल, अर्पण थापा,आर्यन अधिकारी,अनुप विक्रम शाही,वर्षा राउत,सुशील सिटौला,प्रशान्त ताम्राकार,रोहित रुम्बा,सन्जोग राणा,रक्षा बुढाथोकी,कालु राना र बाल कलाकार सिस्टम भण्डारी मुख्य भूमिकामा छन्।

गणेश मल्ल ठकुरी (जिएम) को प्रस्तुति रहेको फिल्मको कथाकार र निर्माता सिजन अर्याल हुन्। हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्म सुसन प्रजापतिले खिचेका हुन्।

ग्लोबल मिडिया एन्ड रिसर्च सेन्टर र औरियन प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको पटकथा,संवाद आकाश बरालले लेखेका हुन । अर्जुन जिसीको सम्पादन रहेको फिल्मका गीतमा दीपक बज्राचार्यको सङ्गीत छ । ‘लाखे’ भरपुर मनोरञ्जक बनेको जानकारी निर्देशक सम्राट्ले दिएका छन् । आरआर फिल्मस्ले वितरण गर्ने फिल्मको टिजर केही समयमै सार्वजनिक गर्ने तयारी निर्माण टिमको छ । 

९ असार, २०७९, १९:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।