छोरी-ज्वाईंलाई दाइजोमा जीवन बिमा पोलिसी

छोरी-ज्वाईंलाई दाइजोमा जीवन बिमा पोलिसी

काठमाडौँ : कुस्माकी मेनका रेग्मीले छोरीको विवाहमा जीवन बिमा पोलिसी दाइजो दिएकी छिन्। उनले छोरी पूजा र ज्वाइँ सुझाव आचार्यको नाममा सुर्या लाइफमा जीवन बिमा गराएर उनीहरूलाई उपहार दिएकी हुन्।

उनले छोरी ज्वाइँका लागि विवाहमा जीवन बिमा गरेर उपहार दिने बताएपछि सूर्या लाइफका कुस्मा शाखाका एजेन्सी विभाग प्रमुख, यज्ञ बहादुर राउत विवाह समारोहमै गएर जीवन बिमा सम्बन्धी कागजपत्र दिएका थिए।

रेग्मीले माइतीघर छोडेर गएकी छोरीकालागि सदैव आमाको चिनो कोसेली होस् भनेर जीवन बिमा गरेको बताएकी थिइन्।

९ असार, २०७९, १७:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।