काठमाडौँ : आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र चिरायु नेशनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युट सेवा आदानप्रदानबारे सम्झौता भएको छ। क्यासलेस अस्पतालको सुविधाबारे दुबैबिच सहमति भएको हो।
उकेरा अर्थ
सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र चिरायुका अपरेसन डाइरेक्टर चण्डेश्वरनन्द राज वैद्यले हस्ताक्षर गरेका थिए।
सम्झौतापछि आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बिमा सेवा खरिद गर्ने ग्राहकहरूको बीमालेखको सीमासम्म चिरायुबाट नगद रहित हस्पिटलाईजेशसको सुविधा पाउनेछन्।
रेग्मीले चिरायुले आफ्ना ग्राहकहरूलाई आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसँग आइजिआइ औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सीमासम्म नगद रहित हस्पिटलाईजेशस सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राखेका थिए।
२०७९ असार ०९ गते १७:२९ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।