काठमाडौँ : काठमाडौँ महानगरपालिकाले आधुनिक रूपमा पुनर्निर्माण गरे पनि समयमै पोखरी सफा नहुँदा त्यहाँ छाडिएका माछाहरू मरेका छन्। पोखरी पुरै लेउले ढाकेपछि मात्रै महानगरले पोखरी सफा गर्न २ लाख बजेट दिएको छ।
मङ्गलवारबाट पोखरी सफा गर्ने काम भइरहेको छ। पोखरी सफा गर्दा त्यहाँ रहेका माछाहरू भने मरेर पोखरीको किनारामा तैरिरहेका छन्। कमल पोखरीमा कमल समेत उमार्न सकेको छैन महानगरले।