समयमै लेखा परीक्षण प्रतिवेदन नबुझाउँदा २२ बीमा कम्पनीलाई जरिवाना

समयमै लेखा परीक्षण प्रतिवेदन नबुझाउँदा २२ बीमा कम्पनीलाई जरिवाना

काठमाडौँ : समयमै लेखा परीक्षण प्रतिवेदन नबुझाउँदा २२ वटा बिमा कम्पनी कारबाहीमा परेका छन्। बिमा समितिले १८ वटा जीवन बिमा, ३ वटा निर्जीवन बिमा र एक पुर्नबीमा कम्पनीलाई जरिवाना सहित कारबाहीको निर्णय गरेको हो।

उनीहरू आर्थिक वर्ष २०७७/७८ को लेखा परीक्षण प्रतिवेदन समयमै नबुझाएकाले कारबाहीमा परेका हुन्। समितिले १० वटा कम्पनीलाई प्रति कम्पनी १० हजार रुपैयाँ र १२ वटा कम्पनीलाई प्रति कम्पनी १० हजार पाँच सय रुपैयाँका दरले जरिवाना गर्ने निर्णय गरेको छ।

नेपाल पुनर्बीमा कम्पनी, एलआईसी नेपाल, एसियन लाइफ, सूर्य लाइफ, प्राइम लाइफ, ज्योति लाइफ, रिलायन्स लाइफ, सिटिजन्स लाइफ, प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई १० हजार रुपैयाँको दरले जरिवाना गर्ने निर्णय भएको हो।

राष्ट्रिय बिमा संस्थान, नेशनल लाइफ, नेपाल लाइफ, गुराँस लाइफ, आइएमई लाइफ, युनियन लाइफ, सन नेपाल लाइफ, रिलायवल नेपाल लाइफ, सानिमा लाइफ, दि ओरियन्टल, नेशनल इन्स्योरेन्स र राष्ट्रिय बिमा कम्पनी १० हजार पाँच सय रुपैयाँको दरले जरिवाना तिराउने बिमा समितिले निर्णय गरेको छ।

९ असार, २०७९, १६:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।