काठमाडौँ : ‘कमेडी च्याम्पियन २’का उप–विजेता विक्की अग्रवालले नयाँ शो ‘कसम याँ दुख्छ’ ल्याउने भएका छन्। कमेडी क्लब विथ च्याम्पियन्सको केही एपिसोडमा रहेका उनी एकाएक हराएका थिए।
कार्यक्रमको फर्म्याटमा उनी कार्यक्रम सञ्चालकको भूमिकामा देखिएका थिए। उनको अनुपस्थितिमा विशाल भण्डारी देखिइरहेका छन्। उनी काम विशेषले सो शोमा नदेखिएको हैन उनी नयाँ शोको तयारीमा थिए।