उकेरा न्युज

नेपाल टेलिकमले घटायो इन्टरनेट र इन्ट्रानेटको लिज लाइन शुल्क


काठमाडौँ : नेपाल टेलिकमले इन्टरनेट तथा इन्ट्रानेटको लिज लाइनको महसुल घटाएको छ। कम्पनीले यही असार १ गतेदेखि लागू हुने गरी इन्टरनेट तथा इन्ट्रानेटको लिज लाइनको महसुल दर ३६ प्रतिशतसम्म घटाएको हो। 

इन्टरनेटको लिज लाइनअन्तर्गत एकदेखि २० एमबिपीएस ब्यान्डविथको महसुल दर अब एक हजार ६०० मात्र कायम गरिएको छ। यसअघि दुई हजार  शुल्क रहेकामा टेलिकमले ४०० घटाएको हो।

यस्तै २१ देखि ५० एमबिपीएसको महसुल दर दुई हजार ३०० रहेकामा एक हजार ६०० बनाइएको छ। ५१ देखि १०० एमबिपीएसको दुई हजार १०० र १०० एमबिपीएस ब्यान्डविथभन्दा बढी क्षमताको महसुल एक हजार ९०० रहेकामा दुवैको महसुल दर घटाएर एक हजार ५०० कायम गरिएको टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए।

उनका अनुसार इन्ट्रानेट लिज लाइनअन्तर्गत एकदेखि १० एमबिपीएस व्यान्डविथको महसुल दुई हजार ७०० रहेकामा दुई हजार ४०० बनाइएको छ। यसैगरी ११ देखि १०० एमबिपीएसको दुई हजार ४०० रहेकामा दुई हजार १००, १०० एमबिपीएसभन्दा बढीको दुई हजार १०० रहेकामा एक हजार ८०० कायम गरिएको छ।

नेपाल टेलिकमले विभिन्न सरकारी तथा व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको छ। उक्त सेवामा इन्टरनेटको अपलिङ्क र डाउनलिङ्क क्षमता सधैँ बराबर रहननाका साथै २४सै घण्टा निरन्तर डेडिकेटेडरूपमा उपलब्ध भइरहेको प्रवक्ता अधिकारीले जानकारी दिए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

मन्त्री पद गएका आले, श्रेष्ठ बैठकमा किन आएनन् ? प्रवक्ता र महासचिवलाइनै थाहा छैन

उनीहरूले बैठकमा आउने–नआउने जानकारी पार्टीमा नदिएको प्रवक्ता जगन्नाथ खतिवडाले बताए। ‘उहाँहरू आउने नआउने बारे मलाई केही जानकारी भएन। अध्यक्ष ज्यूलाई खबर गर्नुभएको भए थाहा भएन,’....

फेसबुकमा 'धन्यवाद पोस्ट' हाल्न बैठकमा ढिलो आइन् झाँक्री

आज उनको पार्टी एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद् बैठक छ। बैठक भोलिसम्म चल्नेछ। बैठकमा उनी भर्खरै देखिएकी छिन्। उनी आउन त आइन् तर ढिलो। फेसबुकमा....

एमाले व्यक्तिवादी र निरङ्कुश पार्टी भएको माधव नेपालको आरोप

'एमाले दक्षिणपन्थी बाटोमा भासियो। व्यक्तिवाद, अहंकार देखियो। त्यो अहंकार निरङ्कुश देखियो', उनले भने। ओलीप्रति लक्षित गर्दै नेपालले एमालेलाई पेवाको रूपमा चलाउन थालिएको पनि बताए। उनले सत्तामा एकछत्र....

पहिलो केन्द्रीय परिषद् बैठकमा कतै देखिएनन् समाजवादीका मन्त्री पद खोसिएकाहरू

तर बैठकमा कतै पनि विरोध खतिवडा, प्रेम आले, रामकुमारी झाँक्री र कृष्णकुमार श्रेष्ठ देखिएका छैनन्। उनीहरूलाई हिजो मात्र पार्टीले मन्त्री पदबाट फिर्ता बोलाएको थियो। एकैसाथ....

शपथ ग्रहण सकेर मन्त्रालय गए नवनियुक्त मन्त्रीहरू

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यमन्त्रीलाई शपथ गराएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका राज्यमन्त्री बनेका हिराचन्द्र केसीलाई देउवाले शपथ गराएका हुन्। नवनियुक्त मन्त्रीहरूमा जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक....