उकेरा न्युज

न्यायाधीश-अधिवक्ता घुस डिल अडियो प्रकरण संसद्मा प्रवेश


काठमाडौँ : प्रतिनिधिसभाका सांसद लीलादेवी सिटौलाले न्यायाधीश र अधिवक्ताबीचको घुस लेनदेन भएको भनिएको संवाद सार्वजनिक हुनुले मुलुकको न्यायालयको अवस्था के छ भनेर छर्लङ्ग भएको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले नेपालको न्यायालय कस्तो छ भनेर जनताले देख्ने गरी बाहिरिनु दुःखद् भएको बताए।

केही दिनअघि सञ्चारमाध्यमबाट काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र नेपाल बार एशोसिएशनका पूर्व कोषाध्यक्ष अधिवक्ता रुद्र पोखरेलबीचको घुस लेनदेन भएको भनिएको संवाद सार्वजनिक भएको थियो। उक्त घटनाको सर्वत्र विरोध भइरहेका बेला यो विषयले सदनमा समेत प्रवेश पाएको छ। 

राज्यको कोषबाट तलबभत्ता बुझ्नेहरू सेटिङमा पैसा कमाउन लागेको आरोप लगाउँदै सांसद सिटौलाले भने, “सबै सेटिङमा घुस खाने, पैसा जोड्ने, गाडी जोड्ने, घर बनाउने, जनता हेरिरहने?”

उनले आर्थिक वृद्धिलगायत विविध कारणले देश डुबिरहेको अवस्थामा त्यसको मौका छोपी सेटिङ गरेर देशका अमूक सङ्गठनमा बस्नेहरू घुसबाट धन कमाइरहेको भन्दै सदनको ध्यानाकर्षण गराए। 'यसका बारेमा सिङ्गो संसद् एकजुट हुनुपर्छ कि पर्दैन?', उनले सदनमा प्रश्न गरे। 

उनले यस्ता गम्भीर विषयमा सबै सांसदहरु, सरकार र प्रतिपक्षको रूपमा विभाजित नभई सिङ्गो आवाज बन्नुपर्नेमा जोड दिए। उनले देश डुबाउनेहरूलाई खबरदारी गर्न जरुरी रहेको पनि औँल्याए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

फेसबुकमा 'धन्यवाद पोस्ट' हाल्न बैठकमा ढिलो आइन् झाँक्री

आज उनको पार्टी एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद् बैठक छ। बैठक भोलिसम्म चल्नेछ। बैठकमा उनी भर्खरै देखिएकी छिन्। उनी आउन त आइन् तर ढिलो। फेसबुकमा....

एमाले व्यक्तिवादी र निरङ्कुश पार्टी भएको माधव नेपालको आरोप

'एमाले दक्षिणपन्थी बाटोमा भासियो। व्यक्तिवाद, अहंकार देखियो। त्यो अहंकार निरङ्कुश देखियो', उनले भने। ओलीप्रति लक्षित गर्दै नेपालले एमालेलाई पेवाको रूपमा चलाउन थालिएको पनि बताए। उनले सत्तामा एकछत्र....

पहिलो केन्द्रीय परिषद् बैठकमा कतै देखिएनन् समाजवादीका मन्त्री पद खोसिएकाहरू

तर बैठकमा कतै पनि विरोध खतिवडा, प्रेम आले, रामकुमारी झाँक्री र कृष्णकुमार श्रेष्ठ देखिएका छैनन्। उनीहरूलाई हिजो मात्र पार्टीले मन्त्री पदबाट फिर्ता बोलाएको थियो। एकैसाथ....

शपथ ग्रहण सकेर मन्त्रालय गए नवनियुक्त मन्त्रीहरू

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यमन्त्रीलाई शपथ गराएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका राज्यमन्त्री बनेका हिराचन्द्र केसीलाई देउवाले शपथ गराएका हुन्। नवनियुक्त मन्त्रीहरूमा जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक....

'हाम्रोमा पनि मान्छे छन्' भन्ने देखाउन समाजवादीको केन्द्रीय परिषद् बैठक

पार्टीको पहिलो केन्द्रीय परिषद् बैठकमा पार्टीका महासचिव बेदुराम भुसालले राजनीतिक प्रतिवेदन पेश गर्नेछन्। बैठकमा पार्टीको सांगठनिक गतिविधि, निर्वाचनको समीक्षा तथा तयारी लगायतका अजेण्डामा बैठकमा छलफल....