ट्रमाको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा. यादव, जोशी गेटाको निर्देशक

ट्रमाको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा. यादव, जोशी गेटाको निर्देशक
डा. प्रमोद यादव (दायाँ) र डा. प्रमोद जोशी

काठमाडौंः राष्ट्रिय ट्रमा सेन्टरको निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. प्रमोद यादव नियुक्त भएका छन्। जनकपुर प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा. यादवलाई बुधबार ट्रमा सेन्टरमा नियुक्त गरिएको हो।

ट्रमा सेन्टरको निमित्त मेडिकल सुपरिटेन्डेन्ट यसअघि डा. प्रमोद जोशी थिए। उनलाई प्रस्तावित धनगढीको गेटा मेडिकल कलेजको निर्देशक बनाएर सरुवा गरिएको छ।

९ असार, २०७९, १४:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।