भारतमा पुनः तीव्र रूपमा फैलिँदै कोरोना भाइरस

भारतमा पुनः तीव्र रूपमा फैलिँदै कोरोना भाइरस

एजेन्सीः भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या तीव्र गतिमा बढ्दैछ। पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट थप १३ हजार ३१३ जना सङ्क्रमित भएका छन्।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हाल भारतमा ८३ हजार ९९० सक्रिय सङ्क्रमित छन्। यस्तै पछिल्लो २४ घण्टामा १० हजार ९१२ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्।

भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो। सो समयदेखि हालसम्म एक अर्ब ९६ करोड ६२ लाख डोज खोप लगाइएको जनाइएको छ।

९ असार, २०७९, १३:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।