अप्पर सोलुको आईपीओ असार २० मा आउने

अप्पर सोलुको आईपीओ असार २० मा आउने

काठमाडौंः अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले यही असार २० गतेदेखि रु १९ करोड ५७ लाख ५० हजार मूल्य बराबरको १९ लाख ५७ हजार ५०० कित्ता आईपीणओ बिक्री खुला गर्न लागेको हो।

त्यसमध्ये ३९ हजार १५० कित्ता कर्मचारीहरूलाई र ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषलाई छुट्याई बाँकी १८ लाख २० हजार ४७५ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन हुनेछ।

आह्वान पत्रानुसार असार २३ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने छन्।

कम्पनीले सोलुखुम्बु जिल्लाको सोलु दूधकुण्ड नगरपालिका हुँदै बहने सोलुखोलामा २३.५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ। कम्पनीलाई इक्रा नेपालले ‘इक्रएनपी–आईआर बीबी प्लस’ ग्रेडिङ प्रदान गरेको छ।

९ असार, २०७९, १२:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।