उकेरा कला

सुशान्तसिंह राजपुत मृत्यु प्रकरण: रिया चक्रवर्ती र उनका भाइविरुद्ध मुद्दा


एजेन्सीः बलिउड अभिनेता सुशान्तसिंह राजपुतको मृत्यु भएको दुई वर्ष भइसकेको छ। यद्यपि यो मृत्यु थियो वा हत्या भन्ने विषयमा अझै पनि बहस जारी नै छ।

पोस्टमोर्टम रिपोर्टमा आत्महत्या भनिए पनि फ्यानहरू मान्न तयार भएनन्। आत्महत्या दुरुत्साहनको आरोप लगाइरहे- भूतपूर्व प्रेमिका रिया चक्रवर्ती र बलिउडका परिवारवादका संरक्षकलाई।

हाल यस केसलाई नार्कोटिक्स कन्ट्रोल ब्यूरोले अनुसन्धान गरिरहेको छ लागूऔषधको एङ्गलबाट। ब्यूरोले रिया चक्रवर्ती र उनका भाइ शौविक चक्रवर्तीसहित अन्यलाई अभियुक्त बनाएको छ। ब्यूरोले अभियुक्तहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

उनीहरू सबैलाई सुशान्तको लागि लागूऔषध किनिदिएको आरोप छ। यस मुद्दामा १२ जुलाईमा सुनुवाइ हुनेछ।

सुशान्त १४ जुन २०२० मा मुम्बईस्थित आफ्नै फ्ल्याटमा मृत भेटिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

आलियाको बलियो भाग्य: पेटमा बच्चा, हातमा फिल्मै फिल्म

आलियाले सार्वजनिक गरेको फोटोमा उनका श्रीमान् रणवीर छेउमै बसेका छन्। उनीहरू दुवै मनिटरमा बच्चा हेरिरहेका छन्। अनि त्यही पोस्टको अर्को फोटोमा उनले सिंह, सिंहिनी र....

सर्वाधिक गुमाउने रेकर्ड बनाउने बाटोमा फिल्म घन चक्कर, २ दिनको कमाई पाँच लाख ग्रस

उनै सौगातको समेत अभिनय रहेको फिल्म कबड्डी ४ सर्वाधिक कमाई गर्ने नेपाली फिल्मको सूचीमा पर्दा कमजोर कथामा अभिनय गर्न पनि ओक्के भन्ने सौगातको अभिनय रहेको....

निश्चल बस्नेतमाथिको 'अभिनय' भ्रम जति चाँडो तोडिए उति राम्रो

उनी निर्देशनमा अब्बल हुँदैमा अभिनयमा पनि उत्तिकै अब्बल हुने योग्यता त हैन। कसैलाई अभिनय गराउन सके भन्दैमा आफू पनि उत्तिकै अभिनय गर्न सक्छन् भन्ने पनि....

चर्चित भारतीय रङ्गकर्मी अनुराधा मजुमदारले जगदीश घिमिरेको ‘साबिती’ मा अभिनय गर्दै

नाटकको प्रमुख भूमिकामा चर्चित भारतीय रङ्गकर्मी अनुराधा मजुमदार काठमाडौँमा आइसकेकी छिन्। २०७० मा थिएटर भिलेजले यसै नाटक मार्फत शताब्दिपुरुष सत्यमोहन जोशीको सम्मानमा उनको नामबाट 'सत्यमोहन....

जनी डेप र एम्बर हर्डलाई अदालतले दियो लिखित आदेश: क्षतिपूर्ति रकम छिटै तिर्नू

अहिले भने यी दुवैलाई अदालतले लिखित आदेश दिएको छ। आदेशमा एकअर्कालाई तिर्नुपर्ने क्षतिपूर्ति रकम तिर्न आदेश दिइएको छ। एम्बरले लगाएको घरेलु हिंसाको आरोपविरुद्ध जनीले मानहानीको....