काठमाडौंः काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोर छुट्याउन अनुरोध गरेको छ। महानगरले घरमा उत्पादन भएको फोहोर भान्साबाटै छुट्याउन महानगरबासीलाई आग्रह गरेको हो।
स्थानीय सरकार
२०६८ सालमा सरकारले जारी गरेको फोहोरमैला व्यवस्थापन ऐन र २०७७ सालमा काठमाडौं महानगरले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनको व्यवस्था कार्यान्वयन गराउन साउन १ गतेबाट कुहिने र नकुहिने फोहोर छुट्याउन महानगरले आग्रह गरेको हो।
ऐनमा फोहोरलाई स्रोतमै छुट्याउने दायित्व उत्पादकको हुने र यसरी छुट्याइएको फोहोर महानगरले छुट्टाछुट्टै दिनमा संकलन गर्नेछ।
उत्पादकले फोहोर संकलकलाई मिसिएको फोहोर दिएमा प्रत्येक पटक पाँच सय रुपैयाँ जरिवाना गर्नसक्ने कानूनी प्रावधान छ।
२०७९ असार ०९ गते १०:०२ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।