कोरोना बीमाको रकम भुक्तानी गर्न बीमा कम्पनीको नाममा परमादेश

कोरोना बीमाको रकम भुक्तानी गर्न बीमा कम्पनीको नाममा परमादेश

दाङः उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले कोरोना बीमाबापतको रकम दिन बीमा कम्पनीको नाममा परमादेश जारी गरेको छ।कोरोना बीमासम्बन्धी रिटको अन्तिम सुनुवाइ गर्दै नेपालगञ्ज उच्च अदालतका न्यायाधीश केशवराज जोशी र पुरुषोत्तमप्रसाद ढकालको संयुक्त इजलासले यस्तो आदेश जारी गरेको हो।

कोरोना सङ्क्रमणको बीमा गरेका बीमितले बीमा रकम पाउन नसकेको विषयमा नेपालगञ्जका सात अधिवक्ता र अधिकारकर्मीले २०७८ कात्तिक १५ गते उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासमा भुक्तानी माग राख्दै परमादेशको रिट दायर गरेका थिए।

पहिलो कोरोना सङ्क्रमणको बेला बीमा गराएका सीमित बीमितले रकम पाए पनि अधिकांश बीमितले बीमाबापतको रकम पाउन सकेका छैनन्।

भुक्तानीका निम्ति माग दावी गरेको वर्ष दिनभन्दा बढी समय हुँदासमेत बीमा कम्पनीले आलटाल गरी सरकारबाट रकम प्राप्त भएपछि भुक्तानी गरिनेछ भनेर बीमित झुक्याउने कार्य गरेको रिट निवेदनमा उल्लेख गरिएको थियो।

९ असार, २०७९, ०९:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।