काठमाडौंः गोरखामा भूकम्पको धक्का महसुस गरिएको छ। आज बिहान ७ बजेर २२ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो।
उकेरा न्युज
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखाको थुमी क्षेत्र आसपास केन्द्रविन्दु रहेको ४.१ रेक्टर स्केलको भूकम्प गएको हो।
आजै बिहान मात्र कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुस केन्द्रविन्दु भएर ४.९ रेक्टर स्केलको भूकम्प गएको थियो।
२०७९ असार ०९ गते ८:४४ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।