काठमाडौंः गए राति भक्तपुरको सूर्यविनायक नगरपालिका- ८ आर्दशचोक नजिकै मोटरसाइकल र टिपर एकापसमा ठोकिँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइलमा सवार दुई पुरुष रहेका छन्।
उकेरा न्युज
अन्दाजी २० वर्षका जस्ता देखिने दुवै घाइतेको उपचारको क्रममा भक्तपुर अस्पतालमा आज बिहान ३ बजे मृत्यु भएको हो। मृतक दुवैको सनाखत हुन बाँकी रहेको छ।
सूर्यविनायकबाट जगातीतर्फ जाँदै गरेको बा८९प ७८७६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा४ख ५२९८ नम्बरको टिपर गए राती सवा २ बजे आपसमा ठोकिएका हुन्।
टिपर चालकलाई प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ।
२०७९ असार ०९ गते ८:३० मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।