उकेरा न्युज

सुदूरपश्चिमबाहेक अरू प्रदेशमा आज वर्षाको सम्भावना


काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज सुदूरपश्चिम प्रदेशबाहेक अरू प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ। हाल देशको प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको र अन्य भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।

यतिबेला प्रदेश १, गण्डकी र लुम्बिनीका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति पनि यही मौसम प्रणाली रहनेछ। साथै प्रदेश १ का एक वा दुई स्थानहरूमा भीषण वर्षाको पनि सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

मन्त्री पद गएका आले, श्रेष्ठ बैठकमा किन आएनन् ? प्रवक्ता र महासचिवलाइनै थाहा छैन

उनीहरूले बैठकमा आउने–नआउने जानकारी पार्टीमा नदिएको प्रवक्ता जगन्नाथ खतिवडाले बताए। ‘उहाँहरू आउने नआउने बारे मलाई केही जानकारी भएन। अध्यक्ष ज्यूलाई खबर गर्नुभएको भए थाहा भएन,’....

फेसबुकमा 'धन्यवाद पोस्ट' हाल्न बैठकमा ढिलो आइन् झाँक्री

आज उनको पार्टी एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद् बैठक छ। बैठक भोलिसम्म चल्नेछ। बैठकमा उनी भर्खरै देखिएकी छिन्। उनी आउन त आइन् तर ढिलो। फेसबुकमा....

एमाले व्यक्तिवादी र निरङ्कुश पार्टी भएको माधव नेपालको आरोप

'एमाले दक्षिणपन्थी बाटोमा भासियो। व्यक्तिवाद, अहंकार देखियो। त्यो अहंकार निरङ्कुश देखियो', उनले भने। ओलीप्रति लक्षित गर्दै नेपालले एमालेलाई पेवाको रूपमा चलाउन थालिएको पनि बताए। उनले सत्तामा एकछत्र....

पहिलो केन्द्रीय परिषद् बैठकमा कतै देखिएनन् समाजवादीका मन्त्री पद खोसिएकाहरू

तर बैठकमा कतै पनि विरोध खतिवडा, प्रेम आले, रामकुमारी झाँक्री र कृष्णकुमार श्रेष्ठ देखिएका छैनन्। उनीहरूलाई हिजो मात्र पार्टीले मन्त्री पदबाट फिर्ता बोलाएको थियो। एकैसाथ....

शपथ ग्रहण सकेर मन्त्रालय गए नवनियुक्त मन्त्रीहरू

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यमन्त्रीलाई शपथ गराएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका राज्यमन्त्री बनेका हिराचन्द्र केसीलाई देउवाले शपथ गराएका हुन्। नवनियुक्त मन्त्रीहरूमा जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक....