एन्फाले ३० दिनमा श्वेतपत्र जारी गर्ने, जुवा खेलाउने सम्झौताबारे मौन

एन्फाले ३० दिनमा श्वेतपत्र जारी गर्ने, जुवा खेलाउने सम्झौताबारे मौन

काठमाडौँ : अखिल नेपाल फुटबल सङ्घ एन्फाको नयाँ कार्यसमितिको बैठकले  ३० दिन भित्र श्वेतपत्र जारी गर्ने निर्णय गरेको छ।

पुरानो कार्यसमितिका अध्यक्ष कर्मा छिरिङ शेर्पामाथि अपारदर्शिता र विवादित सम्झौता गरेको आरोप लाग्दै आएको छ। उनको कार्यकालमा भएका आर्थिक तथा प्रशासनिक अवस्थाको बारेमा जानकारी दिन श्वेतपत्र जारी गर्ने निर्णय गरेको हो।

अध्यक्षमा पङ्कजविक्रम नेम्वाङ निर्वाचित भएपछि बुधवार पहिलो बैठक बसेको थियो। निर्वाचन अगाडि एन्फाले स्विट्जरल्यान्डको एक कम्पनीसँग नेपालमा आयोजना हुने फुटबल प्रतियोगिताको प्रसारणको अनुमतिसँगै अनलाइन जुवा खेलाउन पाउने सम्झौता गरेको उकेराले सार्वजनिक गरेको थियो।

नेम्वाङले सोबारे छानबिन हुने दाबी गरेका थिए। तर पहिलो कार्यसमिति बैठकमा त्यसबारे छलफलै भएन। निर्वाचन अगाडि कार्यसमितिमा निर्वाचित भएका अधिकांश पदाधिकारी सम्झौताबारे छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने पक्षमा उभिएका थिए। 

८ असार, २०७९, २२:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।