उकेरा खेल

टिम बाहिर रहेका दश खेलाडीलाई स-सम्मान फिर्ता बोलाउने नवनिर्वाचित एन्फा कार्यसमितिको निर्णय


काठमाडौँ : नवनिर्वाचित अध्यक्ष पंकजबिक्रम नेम्बाङको अध्यक्षतामा बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको पहिलो बैठकले मुख्य प्रशिक्षकसंग विवादपछी टिम बाहिर रहेका दस खेलाडीलाई टिममा फिर्ता बोलाउने निर्णय गरेको छ।

बुधबार सातदोबाटो स्थित एन्फा मुख्यालयमा बसेको एन्फाको कार्यसमिति बैठकले खेलाडीलाई टिममा सहभागी गराउने तथा प्रशिक्षक र कतार फुटबल संघसंग समन्वय गरि कार्यन्वन गर्न सचिवालयलाई निर्देशन दिने निर्णय गरेको छ। 

'राष्ट्रिय टिमका फुटबल खेलाडी र प्रशिक्षकबीचको विवाद पछि गठित कार्यदलले बुझाएको प्रतिवेदनको सुझाव अनुरुप १० जना खेलाडीहरुको हकमा राष्ट्रिय टिममा सहभागी गराउने निर्णय गरियो। र प्रशिक्षकको हकमा निज प्रशिक्षक र कतार फुटबल संघसँग समन्वय गरि कार्यन्वयन गर्न सचिवालयलाई निर्देशन दिने निर्णय गरियो' विज्ञप्तिमा भनिएको छ। 

गत महिना मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसंगको विवादका कारण कप्तान किरण कुमार लिम्बू, रोहित चन्द लगायत १० खेलाडी टिम बाहिर छन्।

यस्तै, बैठकले महासचिवमा किरण राई र कोषाध्यक्षमा रबिन्द्र जोशीसंगै विदेश बिभाग प्रमुखमा नवीन पाण्डेललाई नियुक्त गरेको छ। 

सोमबार भएको एन्फाको चुनावी साधारणसभामा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्बाङ एन्फाको अध्यक्षमा निर्वाचित भएका थिए। यता, संघले ढाकामा हुने साफको चुनाबमा उपाध्यक्ष पदमा सुन्दर नरसिंह जोशीको नाम प्रस्ताब गर्ने निर्णय गरेको हो। 

यहि जुलाइ २ बंगलादेशको राजधानी ढाकामा हुने दक्षिण एसियाली फुटबल संघ (साफ) को चुनावमा उपाध्यक्ष पदमा नेपालबाट न्यु रोड टिम (एनआरटी) क्लबका अध्यक्ष सुन्दर नरसिंह जोशीको नाम प्रस्ताव गर्ने निर्णय समेत गरेको छ।

असार ६ गते भएको एन्फाको निर्वाचनबाट अध्यक्षमा नेम्वाङसहित अधिकांश उनकै प्यानलका उम्मेदवार विजयी भएका थिए। सोमबार भएको निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का, उपाध्यक्षमा विराटजंग शाही, दीपक खतिवडा, दावा लामा र दीर्घबहादुर केसी विजयी भएका थिए।

यस्तै, सदस्यहरूमा रवीन्द्र चन्द, अनिल मल्ल, भोजराज शाही, पुरुषोत्तम थापा, महेन्द्र क्षेत्री, विजय नारायण श्रेष्ठ, रमेश व्यञ्जनकार, भरत बुढथापा, टिकाराम लामा, मणिराज विष्ट, मनिष जोशी, विजयी भएका थिए।

बाँकी दुई सदस्यमा भने चार उम्मेदवारको मत बराबर आएपछि एन्फाको विधानअनुसार सोमबारै पुनः निर्वाचन गर्न सम्भव नहुने भएपछि बाँकी दुई सदस्यको विशेष साधारण सभा आह्वान गरेर टुङ्गो लगाउनु पर्ने भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

ग्यारेथ बेल लस एन्जलस फुटबल क्लबमा अनुबन्धित हुने

यसबारे बेलले शनिबार ट्वीट गर्दै पुष्टि गरेका हुन्। उनले लेखेका छन्, ‘लस एन्जलस, चाँडै भेटौंला।’ उनले सोही पोस्टमा लस एन्जलस फुटबल क्लबलाई मेन्सन पनि गरेका....

एन्फाले ३० दिनमा श्वेतपत्र जारी गर्ने, जुवा खेलाउने सम्झौताबारे मौन

पुरानो कार्यसमितिका अध्यक्ष कर्मा छिरिङ शेर्पामाथि अपारदर्शिता र विवादित सम्झौता गरेको आरोप लाग्दै आएको छ। उनको कार्यकालमा भएका आर्थिक तथा प्रशासनिक अवस्थाको बारेमा जानकारी दिन....

२२ वर्षपछि अष्ट्रेलियाविरुद्धको श्रृङ्खला जित्यो श्रीलङ्काले

गए राति सम्पन्न चौथो एकदिवसीयमा श्रीलङ्काले अष्ट्रेलियालाई चार रनले हराउँदै ३-१ ले श्रृङ्खला जितेको हो। योसँगै श्रीलङ्काले होम ग्राउण्डमा अष्ट्रेलियाविरुद्धको श्रृङ्खला २२ वर्षपछि जितेको हो। अन्तिम पटक श्रीलङ्काले....

एससी महिला च्याम्पियनसिपः नेपाल हङकङसँग पराजित

हङकङको लागि मारिको हिलले ४५, नतासा माइल्सले २८ र कप्तान केरी चानले १७ रनको योगदान गरे। नेपालकी संगिता राईले दुई तथा सीता राना मगरले एक....

चार उम्मेदवारले बराबर मत ल्याएपछि एन्फाका दुई सदस्यका लागि पुनः निर्वाचन हुने

२१औं साधरण सभाबाट १३ सदस्यमध्ये ११ जना मात्र निर्वाचित भएकाले दुई जना निर्वाचित हुन बाँकी नै छ। खुला चार जना उम्मेदवारको समान ३९–३९ मत आएपछि गोलाप्रथा गरेर....