स्मार्ट च्वाइस र मोरुवालेटवचि सहकार्यको सम्झौता

स्मार्ट च्वाइस र मोरुवालेटवचि सहकार्यको सम्झौता

काठमाडौँ  नेपाल राष्ट्र बैङ्कबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त स्मार्टच्वाईस टेक्नोलोजी लिमिटेड एसटिसी र मोरु डिजिटल वालेट  बिच स्मार्ट क्युआर मार्फत भुक्तानी सेवा सञ्चालन गर्ने सम्झौता भएको छ।

पे नेप (मोरू) को कार्यालयमा आयोजित कार्यक्रमका बिच स्मार्टच्वाईस टेक्नोलोजी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र पे नेप (मोरू वालेट) का तर्फबाट प्रमुख कार्यकारी अधिकृत  आशितोष साहबिच स्मार्ट क्युआर सेवा सञ्चालन सम्झौतामा हस्ताक्षर भएको होे।

२० वर्षदेखि कार्ड लगायत भुक्तानीका विभिन्न सेवा दिँदै आएका स्मार्टच्वाईस टेक्नोलोजी र मोरू डिजिटल वालेटबिच भएको सहकार्यले डिजिटल भुक्तानीको विकासमा सहज बनाउने कम्पनीले बताएको छ। 

सम्झौतासँगै पाँच लाख मोरू वालेट प्रयोगकर्ताले १ लाख ६० हजार स्मार्ट क्युआर मर्चेन्टहरुलाई भुक्तानी गर्न सक्नेछन्। मोरू वालेट मार्फत विभिन्न व्यापार—व्यवसायमा संलग्न व्यवसायीहरूले स्मार्ट क्युआर मार्फत भुक्तानी लिन स्मार्ट क्यूआरको सुविधा लिन सक्ने कम्पनीले जानकारी दिएको छ। 

८ असार, २०७९, १८:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।