अफगानिस्तानमा शक्तिशाली भूकम्प: २५० भन्दा बढीको मृत्यु, मानवतावादी संस्थालाई सहयोग गर्न आग्रह

अफगानिस्तानमा शक्तिशाली भूकम्प: २५० भन्दा बढीको मृत्यु, मानवतावादी संस्थालाई सहयोग गर्न आग्रह

एजेन्सीः अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा परी २५० जनाभन्दा बढीको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ।

अफगानिस्तानको पट्टीका प्रान्त भूकम्पले बढी प्रभावित भएको छ। मृतकको सङ्ख्या बढ्ने आकलन गरिएको छ भने घाइतेको सङ्ख्या हाल १५० भन्दा बढी पुगेको छ।

खोस्ट शहरबाट ४४ किलोमिटर दक्षिणपूर्वमा भूकम्पको केन्द्रविन्दु रहेको जनाइएको छ। कम्पन अफगानिस्तानको ५०० किलोमिटर क्षेत्र वरपर, पाकिस्तानमा र भारतमा महसुस गरिएको थियो। काबुल र इस्लामावादमा पनि कम्पन महसुस गरिएको थियो।

अफगान सरकारका प्रवक्ता बिलाल करिमीले सम्पूर्ण मानवतावादी संघसंस्थालाई सहयोगका लागि टोली पठाउन आग्रह गरेका छन्।

भूकम्प बुधबार बिहान गएको र जमीनबाट ५१ किलोमिटरमुनि ६.१ म्याग्निच्युडको भएको बताइएको छ।

८ असार, २०७९, ११:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।