उकेरा खेल

२२ वर्षपछि अष्ट्रेलियाविरुद्धको श्रृङ्खला जित्यो श्रीलङ्काले


एजेन्सीः अष्ट्रेलिया र श्रीलङ्काबीच जारी पाँच खेलको एकदिवसीय श्रृङ्खलामा श्रीलङ्काले उपाधि कब्जा गरेको छ। एक खेलअगावै श्रीलङ्का विजयी भएको हो।

गए राति सम्पन्न चौथो एकदिवसीयमा श्रीलङ्काले अष्ट्रेलियालाई चार रनले हराउँदै ३-१ ले श्रृङ्खला जितेको हो। योसँगै श्रीलङ्काले होम ग्राउण्डमा अष्ट्रेलियाविरुद्धको श्रृङ्खला २२ वर्षपछि जितेको हो। अन्तिम पटक श्रीलङ्काले सन् २०१० मा श्रृङ्खला जितेको थियो।

पहिले ब्याटिङ गरेर श्रीलङ्काले २५८ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको अष्ट्रेलियाले २५४ रन मात्र बनायो।

अष्ट्रेलियाले विकेट जोगाउन नसक्दा पकडमै रहेको खेल गुमाएको हो।

श्रीलङ्काका लागि चरिथ असालाङ्काले ११० रनको पारी खेले। अष्ट्रेलियाका डेभिड वार्नर शतक बनाउन एक रनले चुके।

यी दुई टोलीबीचको अन्तिम खेल शुक्रबार हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

ग्यारेथ बेल लस एन्जलस फुटबल क्लबमा अनुबन्धित हुने

यसबारे बेलले शनिबार ट्वीट गर्दै पुष्टि गरेका हुन्। उनले लेखेका छन्, ‘लस एन्जलस, चाँडै भेटौंला।’ उनले सोही पोस्टमा लस एन्जलस फुटबल क्लबलाई मेन्सन पनि गरेका....

एन्फाले ३० दिनमा श्वेतपत्र जारी गर्ने, जुवा खेलाउने सम्झौताबारे मौन

पुरानो कार्यसमितिका अध्यक्ष कर्मा छिरिङ शेर्पामाथि अपारदर्शिता र विवादित सम्झौता गरेको आरोप लाग्दै आएको छ। उनको कार्यकालमा भएका आर्थिक तथा प्रशासनिक अवस्थाको बारेमा जानकारी दिन....

टिम बाहिर रहेका दश खेलाडीलाई स-सम्मान फिर्ता बोलाउने नवनिर्वाचित एन्फा कार्यसमितिको निर्णय

बुधबार सातदोबाटो स्थित एन्फा मुख्यालयमा बसेको एन्फाको कार्यसमिति बैठकले खेलाडीलाई टिममा सहभागी गराउने तथा प्रशिक्षक र कतार फुटबल संघसंग समन्वय गरि कार्यन्वन गर्न सचिवालयलाई निर्देशन दिने....

एससी महिला च्याम्पियनसिपः नेपाल हङकङसँग पराजित

हङकङको लागि मारिको हिलले ४५, नतासा माइल्सले २८ र कप्तान केरी चानले १७ रनको योगदान गरे। नेपालकी संगिता राईले दुई तथा सीता राना मगरले एक....

चार उम्मेदवारले बराबर मत ल्याएपछि एन्फाका दुई सदस्यका लागि पुनः निर्वाचन हुने

२१औं साधरण सभाबाट १३ सदस्यमध्ये ११ जना मात्र निर्वाचित भएकाले दुई जना निर्वाचित हुन बाँकी नै छ। खुला चार जना उम्मेदवारको समान ३९–३९ मत आएपछि गोलाप्रथा गरेर....