'पुष्पा: द रुल' मा श्रीवल्लीको मृत्यु हुने अफवाह फैलिएपछि बोले निर्माता

'पुष्पा: द रुल' मा श्रीवल्लीको मृत्यु हुने अफवाह फैलिएपछि बोले निर्माता

एजेन्सीः गत वर्षको सुपरहिट चलचित्र 'पुष्पा: द राइज'को सिक्वेल 'पुष्पा: द रुल' पनि प्रदर्शनमा छिट्टै आउँदैछ। फिल्मको पहिलो भागमा अत्यधिक रुचाइएका कलाकार हुन् अल्लु अर्जुन र रश्मिका मण्डना। पुष्पाको भूमिकामा अल्लु अर्जुन थिए भने रश्मिका श्रीवल्लीको भूमिकामा थिइन्।

तर, पछिल्लो समय इन्टरनेट र अन्य विभिन्न सञ्चारमाध्यममा फिल्मको दोस्रो भागमा श्रीवल्ली अर्थात् रश्मिकाको मृत्यु हुने दावी गरेका पोस्ट सार्वजनिक भइरहेका छन्। यो अफवाह धेरै फैलिएपछि फिल्मका निर्माता वाई रविशंकरले आफ्नो मुख खोलेका छन्।

उनले यी सब बकवास खबर भएको दावी गर्दै भनेका छन्, 'अहिलेसम्म हामीले कहानीलाई निष्पक्ष र स्पष्ट रूपमा सुनेका छैनौँ। यो सब अड्कलबाजी हो।'

उनले केही टेलिभिजन च्यानलले यस खबरलाई बढावा दिएर प्रशारण गरेको पनि आरोप लगाए।

र जब उनलाई श्रीवल्ली जीवित रहन्छिन् त भनेर सोधियो उनले भने, 'हो जीवित हुन्छिन्।'

उनका अनुसार फिल्मको शुटिङ अगस्ट पहिलो साताबाट सुरु हुनेछ। हाल शुटिङकै तयारी चलिरहेको छ।

भारतीय सञ्चारमाध्यमको रिपोर्टअनुसार पुष्पाको दोस्रो भागको बजेट ४०० करोड भारु हो। पहिलो भाग १९५ करोड भारुमा बनाइएको थियो।

८ असार, २०७९, ०८:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।