रुपन्देहीको बाल सुधार गृहमा प्रहरीमाथि आक्रमण, डीएसपीसहित दुई जना घाइते

रुपन्देहीको बाल सुधार गृहमा प्रहरीमाथि आक्रमण, डीएसपीसहित दुई जना घाइते

बुटवल : रुपन्देहीको भैरहवा स्थित बालसुधार गृहमा प्रहरीमाथी आक्रमण भएको छ। बालसुधार गृहमा रहेका किशोरहरुलाई स्थानान्तरण गर्ने तयारीको विरोधमा प्रहरीमाथि आक्रमण भएको हो। बालगृहमा बस्ने १८ वर्ष मुनिका किशोरहरुको आक्रमणबाट २ जना घाइते भएका छन्। 

बालसुधार गृहमा पुगेको प्रहरी टोली माथी बालबालिकाहरुले आक्रमण गर्दा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) नवरत्न पौडेल र उनका अंगरक्षक टोपबहादुर रखाल घाइते भएका हुन।

बालसुधार गृहमा रहेका किशोरहरुले ताला लगाएर प्रहरीलाई भित्र छिर्न नदिई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए।

बालसुधार गृहमा क्षमता ६० जनाको छ। तर त्यहाँ १०६ जना राखिएको छ। बालसुधार गृहमा राखिएका किशोरहरुले अमर्यादित व्यबहार गर्ने भन्दै स्थानीयले मंगलबार (आजै) जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बालसुधारगृह स्थानान्तरण गर्ने माग सहित ज्ञापन पत्र बुझाएका थिए। यो बालसुधार गृह ४ वर्ष अगाडि सञ्चालनमा आएको हो। अपराधिक कृयाकलापमा संलग्न १८ वर्ष मुनिका बालबालिकालाई यो सुधार गृहमा राखिन्छ।.
 

७ असार, २०७९, १८:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।